You are here
Home > Featured > शारिरिक रुपमा यस्तो हुँदा पनि आफ्नै शक्तिले जिवन बाँचेका रिठ्ठे

शारिरिक रुपमा यस्तो हुँदा पनि आफ्नै शक्तिले जिवन बाँचेका रिठ्ठे

सित्तैमा भेट्दा हात थाप्न अघि नसर्ने सायदै हुन्छन् । तर, कोही–कोही यस्ता पनि हुन्छन् जो सित्तैमा केही लिन चाहन्नन् । त्यहीमध्येमा पर्छन् खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका ७१ वर्षका रिट्ठे बिश्वकर्मा ।

आफन्तको बारीको कान्लामा बाँसको भाटाले बारेको, खरको छाना हालेको सानो झुपडीमा बस्छन् उनी । ढाड बाहिर नि-स्कँ-दा कु-प्रो परेका रिट्ठे शारीरिकरुपमा अशक्त छन् ।

बिहे गरेको चार वर्षमै श्रीमतीको मृ”त्यु भएपछि उनी झुपडीमा एक्लो छन् । एक्लो ज्यान, त्यसमाथि शारीरिक अ”पांगता । एक्लो मेहनतले उत्पादन भएको अन्नले पाँचरछ महिना धान्न धौ–धौ पर्छ ।

उनले चोयाबाट चित्रा, फुङगा, चुइयाँ बुनेर आउने आम्दानी जोडजाड गरेर वर्ष क-टा-उँने गरेका छन् । न राम्रो खाने व्यवस्था न बस्ने ठाउँकै । त्यही पनि उनी आफ्नै जीवनशैली रमाइरहेका छन् ।

झुपडीमा अभा-वै अभाव छ तर अरुले द-या गरेर दिएको जुनसुकै चिज ठाडै अस्वीकार गर्छन् । शारीरिक रुपमा अशक्त भएकाले उनलाई तत्कालिन गाबिसबाट सामाजिक सुरक्षाभत्ताको व्यवस्था गरियो ।

तर, त्यो बेला रिट्ठेलाई भत्ता बुझ्नका लागि तयार पार्न तत्कालिन वडाध्यक्ष जगुमान बिश्वकर्मालाई हम्मे–हम्मे पर्‍यो । उनले ‘सित्तैमा आएको भत्ता लिन्न’ भनेर अड्डी कसेपछि कतिपय शुभेच्छुक अक्क न बक्क बने ।

राज्यले नागरिकलाई दिएको सुविधा हो ऋण होईन’ भनेर सम्झाई–बुझाई गरेपछि बल्ल उनी अपांगताको भत्ता थाप्न तयार भएको स्थानीय एवं जिल्ला समन्वय समितिका सदस्य चर्चबहादुर बिश्वकर्मा बताउँछन् ।

अहिले फुसको छाना हटाएर जस्ताको छाना हाल्ने अभियान अन्तरगत नेपाल सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम चलिरहेको छ । सुरक्षित नागरिक आवास कार्यक्रमले रिट्ठे जस्ता निम्न आर्थिक अवस्थामा परिवारलाई छुटाउने कुरै भएन ।

तर, जस्ताको छाना हाल्दिने वा नयाँ घर बनाइदिने कुरा गर्दा रिट्ठे ठाडै अस्वीकार गर्छन् । ‘अहँ ! सरकारले बनाको घरमा नबस्ने । गाउँजेले बनाइदिए भने बस्ने ।,’ रिट्ठेले भने, ‘यस्तैमा बस्ने ।

नचुहिने भए हुन्छ मलाई । ढाल्नेले भएपनि बाक्लो पारेर छाएर नचुहिने भए हुन्छ मलाई । राम्रो गतिलो चाहिएन । हिँड्दा खेरी माया नलाग्ने, मरेर जाँदा माया नलाग्ने । बाँचुञ्जेल बस्दा पानी नचुहिने चाहिएको हो मलाई । त्यत्ती हो ।’

रोजगारीका सिलसिलामा कतारमा बसिरहेका युवाले उनको दयनीय अवस्था देखेर सहयोग उठाएर घर बनाइदिने प्रस्ताव पनि राखेका थिए तर उनले इन्कार गरे । छरछिमेकीले बनाइदिएको घरमा मात्र आफू बस्न तयार रहेको उनी बताउँछन् ।

‘म-रे-पछि टिन लाको घरमा बस्न पाइँदैन, गएर कहाँ रुझ्दै कुहेर बस्नु पर्छ,’ उनले भने, ‘जलसागर लगेर डढायौं भने कहाँ पुगिन्छ । अनिखेर गतिलो घर बनाएर के गर्नु !

रिट्ठे सित्तैमा कसैको केही पनि लिन चाहन्नन् । लिन परे केही दिएर मात्र वा फिर्ता गर्ने शर्तमा मात्र लिन तयार हुने उनको स्वभाव छ । गत वर्ष कोभिड–१९ को महामारीका बेला दिप्रुङ चुईचुम्मा गाउँपालिकाले चामल, दाल, नुन, तेल बाँड्दा साराले राहत थापे ।

तर, उनले गाउँपालिकाको सो राहत लिएनन् । उनको भागको राहत अर्कैलाई दिइयो । अशक्त, वृद्धावस्था त्यसमाथि एक्लो ज्यान भएकाले आफन्तले रिट्ठेको घरमा सोलार वा विजुली राखिदिने कुरा गरे तर उनले नमानेको जिल्ला समन्वय समितिका सदस्य बिश्वकर्माले बताए ।

कतिसम्म भने दाजुभाई तथा छरछिमेकमा पुग्दा समेत उनी हमेसा खाना खान मान्दैनन् । खान परे केही न केही काम गरिदिएर मात्र खान्छन् । खाना खान परे कुचो बाट्ने, दाम्लो बाट्ने वा चोया काढ्ने काम गरिदिन्छन् ।

दया–मायाँमा कसैले पैसा, लुगा, खानेकुरा दिन खोजे भने थाप्दैनन्, बरु रिसाउँछन् । यद्यपी, उनी ढोँगी होइनन् ।सित्तैमा कसैको केही खान हुन्न भन्ने मान्यतामा उनी सँधै अडिग छन् । नागरिक दैनिकबाट

 

Leave a Reply

Top