You are here
Home > Featured > त्रिभुवन विमानस्थलमा एउटै जहाज छिनमै उड्ने र छिनमै बस्ने किन गरिरहेको छ ?

त्रिभुवन विमानस्थलमा एउटै जहाज छिनमै उड्ने र छिनमै बस्ने किन गरिरहेको छ ?

आज बिहानैदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा हवाईजहाज छिनमै उड्ने र छिनमै बस्ने गर्यो । सर्वसाधारणलाई अनौठो लाग्ने यो दृष्यले धेरैको ध्यान खिच्यो ।

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो किन भइरहेको छ ? कुनै आपतविपत पो आइलाग्यो कि ? तर होइन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार पाइलटले हवाईजहाज उडाउने अभ्यास गरिरहेकाले यस्तो दृष्य देखिएको हो ।

सोमबार बिहानैदेखि हिमालय एयरलाइन्सले आकाश खालि भएको मौकामा आफ्ना पाइलटलाई अभ्यास गराइरहेको छ । त्यही भएर हिमालय एयरलाइन्सको हवाईजहाजले आकाशमा फन्को मारिरहेको छ ।

यो पनि : फेरि कहाँ आउँछ र घुमेर, यो बालापनको उमेर’ मा भाका हाल्दै गर्दा समीक्षा अधिकारीको बालापन सकिएकै थिएन । ‘नाइँ नभन्नु ल–५’ को शीर्ष गीत गाउँदै गर्दा उनको उमेर कति नै थियो र रु पुगनपुग १३ वर्ष ।

तर, बालापनमै समीक्षाले जसरी आफूलाई ‘पार्श्व गायिका’का रूपमा पेस गरिन्, त्यसअनुरूप उनको चिनारी बनेन। गीत खुब चल्यो, उनी चलिनन् । लकडाउनको बखत सार्वजनिक गीत ‘माया मारेर’ले भने संगीत पारखीहरूमाझ बेग्लै झंकार पैदा गर्‍यो ।

त्यसपछि गीतकार र संगीतकारले समीक्षालाई पत्याउन थाले। अन्ततः एकपछि अर्को गीतले उनलाई पच्छ्याइरह्यो । कतिसम्म भने, एकैदिन पाँचवटासम्म गीत रेकर्ड गर्न थालिन् समीक्षाले ।

‘आधी कपाल’, ‘तिम्रै मायाले’, ‘पिपलु बर’, ‘नबोली नबोली’ जस्ता गीतहरूबाट समीक्षा चर्चाको उचाइमा उक्लिइरहिन् । लकडाउनयता मात्र उनले १५० गीतमा स्वर दिइसकेकी छन् । समीक्षाको ‘पछ्यौरी लिस्यो’ गीतले युट्युबमा करोड भ्युज पाएको छ ।

उमेरले १६ वर्ष टेक्दै गर्दा उनले लोभलाग्दो सफलता हाँसिल गरेकी छन् । ‘सोचेकै थिइनँ’ हालैको एक मध्याह्न समीक्षाले उत्साहित भावमा सुनाइन्, ‘यति छोटो समयमा यतिबिघ्न माया पाइएला भनेर ।’

लाग्छ, यतिबेला उनकी सरस्वती दाहिना छिन् । आखिर उनी कस्तो पृष्ठभूमि र धरातलमा टेकेर यति तीव्रताका साथ छलाङ मारिरहेकी छन् रु कथा घतलाग्दो छ ।

जब गाउँमा ‘छक्का पन्जा९३’ पुग्यो स् कास्कीको माछापुच्छ्रे गाउँपालिका लाहाचोक गाउँ, जहाँ समीक्षा जन्मिइन् र हुर्किइन् । सोही गाउँमा चलचित्र छक्का पञ्जा–३ को छायांकन हुँदै थियो ।

त्यसबेला समीक्षा स्थानीय महेन्द्र माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन् । उनी अध्ययनरत विद्यालयमा नै चलचित्रको छायांकन हुँदै थियो । चलचित्रको फ्रेमभित्र उनी पनि

‘झल्याक(झुलुक’ देखिएकी छन् । यद्यपि उनलाई त्यससँग खास सरोकार थिएन । सरोकार थियो त आफ्नो गायकीमा । समीक्षा गाउनमा रूचि राख्थिन्, जुन कुरा छायाँकार पुरुषोत्तम प्रधानले थाहा पाए ।

Leave a Reply

Top