You are here
Home > Featured > म बा’हेक अ’रुसँगै उहाँको निकै गहिरो नाता र’हेछ !

म बा’हेक अ’रुसँगै उहाँको निकै गहिरो नाता र’हेछ !

श्रीमान् बेस पत्ता भएको दुई दिन भएको थियो । तेस्रो दिन एकाबिहानै फोन आयो- ‘हजुरको श्रीमानको ला-स भे-टि-ए-को छ, सनाखतको लागि आउनु होला ।’

एक्कासी आफूमा-थि ब-ज्र-पा-त ख’से झैं ला’ग्यो । म ए-क्का-सी मौन भएर टोलाएको देखेर प्रश्न गर्ने साना छोराछोरीलाई जवाफ पनि फर्काउन सकिनँ ।

बस् मौन रहेँ एकछिन, आफूलाई सम्हाल्न खोजेँ । एक मनले त हैन होला भनेर मनमा प्रश्न आउँथ्यो । छोराछोरीलाई खाना दिएर फुपूसँग राखेँ, आफू अ-स्प-ता-ल तिर लागेँ ।

श्रीमानको सासबिनाको लास देखेर मन थाम्न सकिनँ । सबैतिर रु-वा-बासी चल्यो । व्यक्तिपिच्छे अ-ड्कल का-ट्न थालियो । ‘श्रीमतीले गर्दा त होला नि अनि फलानो ढिस्कानो‘।’

उत्तर दिने न सामर्थ्य थियो न त समय नै । आज खै किन हो विगतका पलको सम्झना आँखामा झल्झली आयो । म करिब १५ वर्षको थिएँ होला, मेरो बिहे हुने बेलामा।

आफूभन्दा १० वर्ष जेठा श्री-मा-न पा-एकी थिएँ। बिहेसँगै नयाँ ठाउँ र नयाँ सम्बन्ध जोडिए-बुहारी, जेठानी, देउरानी, भाउजू, माइजू र नयाँ जिम्मेवारी पनि ।

तर सबैभन्दा प्यारो लाग्ने नाता थियो श्रीमती । सानो छँदा बाबुआमाको सम्बन्ध देखेर मपनि कल्पना गर्थें श्रीमानको, श्रीमानसँगको त्यो प्यारो नाताको सधैँ रहर थियो मनमा ।

त्यतिबेला मेरा श्रीमान् भनेर भन्न पाउँदा साह्रै खुसी लाग्दथ्यो । एक किसिमको उमंग थियो ममा । समय बित्दै गयो अनि विस्तारै मेरो उमंग र कल्पनाको संसार ध-मिलिँदै गयो ।

जुन श्रीमानलाई मैले श्रीमान भन्न पाउँदा उमंग र खुसी थियो, ती श्रीमान् त कहिले पनि मेरा हैन रहेछन् । मबाहेक अरुसँगै उहाँको गहिरो नाता रहेछ भन्ने कुरा थाहा पाउँदा मन कटक्क खायो ।

सोच्दथेँ मैले कसको के बिगारेको थिए र, मेरो हुँदाहुँदै पनि मेरो श्रीमान् मेरो हुन सकेनन् ! कहिलेकाहीँ त्यही सम्झिएर भ-क्का-नि-एर अविरल आँसु बगाउँदथेँ । साह्रै न-रा-म्रो लाग्थ्यो ।

एकदिन त लाग्यो कि मैले यो जबरजस्तीको सम्बन्ध आखिर कहिलेसम्म कायम गर्ने ?  घरमा बुबा-आमालाई कुरा राख्दा, उत्तरमा एउटै कुरा आयो-‘बच्चा भएपछि सबै कुरा ठिक हुन्छ ।

हुन्छ होला जस्तो पनि लाग्यो । आमाको सुझाव गलत होला भनेर कुनै प्रश्न जागेन मनमा । एक वर्षभित्र म एउटी छोरीकी आमा भएँ तर समय बित्दै गएपनि श्रीमान-श्रीमतीको सम्बन्धमा कुनै फरक आएन ।

फेरि केही समयपछि दोस्रोपल्ट आमा बनेँ, एउटा छोरोकी आमा । मलाई यी दुई बच्चामा संसार छ जस्तो लाग्न थाल्यो । श्रीमतीभन्दा प्यारो आमाको नाता हुने रहेछ भनेर लाग्न थाल्यो ।

म सन्तानहरुसँग नजिक हुँदै थिएँ अनि उहाँ टाढा । बच्चाले सानैदेखि आफ्नो बुवा घरगृहस्थी मतलब नगरी अरुसित हिँडेको देख्दा के सोच्थे, मैले आकलन गर्न सकिनँ ।

ती कलिला मनमा यस्ता प्रश्न नआउन् भनी हरदम प्रयत्न गर्थें। आमा भएर नै होला मनमा लाग्यो कि मेरा सन्तानले यस्तो भोग्नु हुँदैन। तर सबै त्याग गर्न पनि त सक्दैनथेँ ।

लेखपढ गरेको थिइनँ, कमाउन र गुजारा गर्न कुनै सहारा पनि छैन । कसरी पाल्ने बच्चारु प्रश्न धेरै थिए र फेरि आँट गरेर बाबुआमालाई भनेँ- ‘आखिर यसरी कहिलेसम्म बस्नेरु मेरा सन्तानलाई मैले यसरी कहिलेसम्म हुर्काउने ?

यसपालि जवाफ आयो- ‘नारी घरको इज्जत हो, नारीले घरको इज्जत जोगाउनु पर्छ। समाजमा श्रीमानको इज्जत बचाउनु पर्छ।’ यो मेरा लागि कुनै नौलो कुरा थिएन, माइतीमा पनि सानैदेखि देख्दै आएको कुरा थियो ।

५ भाइ(बहिनी मध्येकी म जेठी । सानो उमेरमा जिम्मेवारी धान्न सिकाइएको थियो। जीवन हो केही सहनै पर्छ सधै सोचेको जस्तो हुँदैन भनेर आफ्नो मन आफै बुझाएँ ।

कसैलाई केही भन्न पनि मन लाग्न छोड्यो । सकेजति सबै आफै सहेँ र एक्लै हुँदा आफैंलाई प्रश्न गर्न थालेँ-‘आखिर किनरु’ र, मनबाट एउटा संकोचपूर्ण जवाफ आउँथ्यो-किनकि म नारी हो ।

दिन बित्दै गयो, कुरा बिग्रिँदै गयो । १८ वर्षको त्यागपछि लाग्यो अब मेरो सहनशीलताको बाँ-ध-ले थाम्न सक्दैन । तथापि श्रीमानप्रतिको सम्मान सद्भाव र माया कायमै थियो ।

एकदिन बेलुका श्रीमान घर आउँदा केटाकेटी सुतेपछि ड-र-का साथ हिम्मत गरेँ । आफ्नो कुरा राखें । सुस्तरी भनेँ-‘म सक्दिनँ यसरी ।’ उहाँबाट कुनै जवाफ आएन । मनमनै सोचेँ, सायद सुनेनन् कि।

मैले फेरि सोध्न लाग्दा उत्तर आयो- ‘हुन्छ।’ एकछिन अलमल्ल परेँ। आखिर यो हुन्छको अर्थ केरु तर त्यो पनि सोध्न सकिनँ । त्यो रात त्यस्तै बित्यो। कतिखेर निदाएछु पत्तै भएन ।

एकाबिहानै भोलिपल्ट उठ्दा उहाँलाई ओछ्यानमा देखिनँ। वर पर खोजें तर भेटिनँ । त्यसपछि अहिलेसम्मका बिहानीसम्म म एक्लै हुन्छु त्यो ओछ्यानमा । लागेको थियो सायद अब केही पीडा कम हुन्छ होला ।

तर वर्षौंको सम्बन्ध एक्कासी छिन्नभिन्न हुँदा संसार नै विरक्त लाग्दो रहेछ। उनी मेरा श्रीमान मात्र थिएनन्, हाम्रा सन्तानका बुबा पनि थिए। आखिर ती सन्तानको के दोष ?

आखिर यो सब उहाँले किन गर्नुभयोरु ममा केही कमी थियो किरु विगत १८ वर्षमा यो प्रश्नको उत्तर खोज्ने धेरै कोसिस गरेँ तर कहिले पाउन सकिनँ ।

गाउँ, टोल, समाजमा ‘श्रीम-तीले ग-र्दा म-रे-को, श्रीमतीको अरु केही ल-स-प-स हुनुपर्छ अनि श्रीमानलाई असह्य भएर जीवन अन्त्य गरे होलान्‘’ यस्तै अनगिन्ती कुरा दु-बो झैँ फै-लि-ए ।

ऊ बेलामा घरको इज्जत जोगाउन सल्लाह दिने आफन्त टाढिन पनि समय लागेन। अब प्रश्न रह्यो-मेरो जीवन केरु म अब के गर्नेरु यस्ता कैयौं प्रश्न उब्जिए ।

मेरो त केही बाटो नै रहेन । श्रीमान् आफ्नो हुँदाहुँदै पनि आफ्नो नभएको पी-डा त थियो नै, अब त श्रीमान नै नभएको पीडा थपियो । घर समाजमा इज्जत जोगाउन भनी सबै सहेर बसेको म आज मै दोषी भएछु ।

आखिर इज्जत त मेरो रहेनछ । समाजको दोषी औंला त मैमाथि ठडियो। पुरुष प्रधान समाज भनेको सायद यही हो किरु महिला धेरै सहनशील छन्,

छैनन्रु मैले ठम्याउन सकिनँ तर अब मेरो जीवन कसरी, कहाँबाट फेरि सुरुआत गर्ने, त्यो बाटो खोज्दैछु । महिला अर्थात् नारी, कति धेरै नामले बोलाउँछ समाजले नारीलाई ।

कहिले माता, कहिले शक्ति, कहिल्यै लक्ष्मी त कहिले के। समाजमा परिवेश सुहाउँदो सम्बोधन छ । नारी त्याग र बलिदानको मूर्ति भनिन्छन् तर आखिर किन ? किन भन्छौं हामी त्यागको मूर्ति ।

केही वर्ष अघि कृष्ण धारावासीले लेखे-नारी भित्र त्यस्तो के छ र हजुर ? आखिर के छ त नारीमारु किन यति शक्तिशाली भनिएको छ नारीहरुलाई, यही प्रश्नको उत्तरको खोजीमा छु।

त्यागको मूर्ति भन्ने तर त्यागको अवमूल्यन गर्ने हाम्रो समाज र समाजका ज्ञाताहरुलाई म सोध्न चाहन्छु-के सिउँदोको सिन्दुर मेटिंदैमा नाता र सम्बन्धहरु मेटिन्छन्रु के रहेछ नारीमा महान् त्यस्तो,

महान नै हुन् कि हामीले हुनुपर्छ भनेर सिकाएकोरु पुरुष प्रधान समाजमा कतै हामीले नारीलाई त्याग र बलिदान कि मूर्तिमै त सीमित गरेनौं ? लेखक वर्षा सेढाईं र कमलेश जोशी र सेतोपाटीबाट

Leave a Reply

Top