You are here
Home > Featured > यो कुकुरले पत्ता लगाउन सक्छ को’रोना सं:क्र’म’ण, विज्ञहरु यसो भन्छन् !

यो कुकुरले पत्ता लगाउन सक्छ को’रोना सं:क्र’म’ण, विज्ञहरु यसो भन्छन् !

एक खास नश्लको कुकुरले सुँघेरै को-रोना सं’क्र’म-ण भए–नभएको पत्ता लगाउन सक्ने अध्ययनले देखाएको छ । ल्याब्रडोर जातको तालिमप्राप्त कुकुरले गरेको कोरोना परीक्षण नतिजा

पिसिआर वा एन्टिजेनभन्दा प्रभावकारी पाइएको छ। विभिन्न देशको प्रारम्भिक अध्ययनबाट यस्तो निष्कर्ष निस्केको अमेरिकी अखबार ुद न्यूयोर्क टाइम्सु ले जनाएको छ । अमेरिका, फ्रान्स, बेलायत, चिली, अस्ट्रेलिया, बेल्जियम, जर्मनी, थाइल्यान्ड लगायत थुप्रै देशमा कुकुरबाट कोरोना परीक्षण गराउन थालिएको छ । यसले सार्वजनिक यातायात, रंगशाला लगायत बढी भीडभाड हुने सार्वजनिक स्थलहरूमा कोरोना संक्रमित पहिचान गर्न सजिलो हुने अनुसन्धाता बताउँछन् ।

पछिल्लोचोटि थाइल्यान्डको बैंककस्थित छुलालोङकोर्न विश्वविद्यालयको भेटेरिनरी विभागले छवटा कुकुरबाट कोरोना परीक्षण गराएको थियो । यसको नतिजा विमानस्थल तथा अन्य सार्वजनिक ठाउँमा गरिँदै

आएको एन्टिजेन परीक्षणभन्दा राम्रो रहेको विश्वविद्यालयले जनाएको छ । बैंककमा कोरोना परीक्षण गर्न बबी, ब्राभो, एन्जेल, एपोलो, टाइगर र नासा नामका छवटा ल्याब्रडोर कुकुरलाई तालिम दिइँदैछ।

यी छवटै कुकुरले एउटै समूहमा रहेर काम गर्दैछन् । यी कुकुरलाई छ जना प्रशिक्षकले छुट्टाछुट्टै तालिम दिएका थिए। यसका लागि संक्रमित व्यक्तिको काखी वा

उसले लगाएको मोजाको पसिनाले थोरै कपास भिजाइन्छ । त्यसपछि त्यो कपास डल्लो पारेर कुकुरलाई सुँघाइन्छ। कोरोना लागेका व्यक्तिको जीउको विशेष गन्ध कुकुरले चाल पाउँछ ।

त्यही गन्ध पछ्याउँदै अरू संक्रमित पत्ता लगाउन सक्छ । एकमहिने तालिम क्रममा ती कुकुरलाई दिनको झन्डै ६ सय जना व्यक्तिको पसिना सुँघाइन्थ्यो ।

यसरी सुँघेपछि कोभिड भाइरसको गन्ध भेटिएको संकेत दिन कुकुर चुप्प लागेर बस्थ्यो । अरू बेला विशेष तरिकाले संकेत दिन्थ्यो । कुकुरहरूले गरेको परीक्षण ९६.२ प्रतिशत मिलेको विश्वविद्यालयका अनुसन्धाताहरूले बताएका छन् ।

यसअघि जर्मनी र संयुक्त अरब इमिरेट्समा पनि उत्साहजनक नतिजा आएको थियो । पछिल्लो समय विभिन्न देशका विमानस्थलले कोरोना परीक्षण गर्न ज्वरो नाप्ने, स्वाब जाँच्ने, र्‍याल परीक्षण गर्ने लगायत विधि अपनाउँदै आएका छन् ।

यस्ता विधिबाट नतिजा आउन समय लाग्छ। कुनै व्यक्ति कोरोना संक्रमित हो कि होइन तुरुन्तै थाहा पाउन सकिँदैन। लक्षण देखिएको छैन भने पत्ता लगाउन झनै गाह्रो हुन्छ।

उदाहरणका लागि, भाइरस शरीरमा प्रवेश गर्नेबित्तिकै सबैलाई ज्वरो आउँदैन। कसै–कसैलाई त ज्वरो आउँदै नआउन सक्छ। यस्तो अवस्थामा तापक्रम मात्र जाँचेर कोरोना लागेको छ कि छैन थाहा हुन्न ।

कुकुरको प्रयोग अन्य विधिभन्दा सजिलो, सस्तो र प्रभावकारी भएको अनुसन्धाता बताउँछन् । उनीहरूका अनुसार भाइरस छिर्नेबित्तिकै फोक्सो र श्वासनलीमा असर पार्छ। यस्तो बेला एउटा विशेष खालको गन्ध निस्किन्छ, जुन तालिमप्राप्त कुकुरले पत्ता लगाउन सक्छ । अहिलेसम्म त्यस्ता कुकुरलाई कोरोना परीक्षण गर्न सिकाइएको छ । सेताेपाटीबाट

 

Leave a Reply

Top