You are here
Home > Featured > यी पाँच नेपाली नायिकाले यति धेरै पारिश्रमिक लिन्छन् कस्को पारिश्रमिक कति ?

यी पाँच नेपाली नायिकाले यति धेरै पारिश्रमिक लिन्छन् कस्को पारिश्रमिक कति ?

पछिल्लो समय नेपाली नायिकाहरूको पनि पारिश्रमिकको चर्चा हुने गरेको छ । यसैक्रममा हामीले केहि नायिकाहरूको पारिश्रमिकबारे चर्चा गरेका छौँ ।

पुजा शर्माः नायिका पुजा शर्माले चलचित्र ‘अझै पनि’ बाट डेब्यु गरेकी थिइन् । यस चलचित्रको सफलता पछि उनका चलचित्र ‘प्रेम गीत’, ‘म यस्तो गीत गाउँछु’, ‘राम कहानी’ लगायत ब्याक टु ब्याक सुपर हिट भएका छन् । पुजाले चलचित्र ‘पोई पर्यो काले’ मा २० लाख पारिश्रमिक लिएको चर्चा चलेको थियो । स्वस्तिमा खड्काः पछिल्लो समय म्युजिक भिडियोबाट चर्चामा आएकी नायिका स्वस्तिमा खड्का ।

उनका गीत एक पछि अर्को सुपर हिट भएका छन् । उनीले अभिनय गरेका चलचित्रमा ‘छक्क पन्जा २’, ‘नाई नभन्नु ल ५, ‘जय भोले’, ‘बुलबुल’ लगायतका चलचित्र सुपरहिट छन् ।

स्रोतका अनुसार उनले १०( १२ लाख पारिश्रमिक लिन थालेकी छिन् । प्रियंका कार्कीः पछिलो समय नै चर्चामा आएकी नायिका हुन् प्रियंका । उनले अभिनय गरेका चलचित्र

‘नाइँ नभनु ल २’, ‘नाइँ नभनु ल ५’, ‘छक्क पन्जा’, ‘छक्क पन्जा २’, ‘छक्का पन्जा ३’, ह्याप्पी डेज’, ‘कोहलपुर एक्सप्रेस ‘कथा काठमाण्डु’, ‘चंगाचेट’ लगायतका चलचित्र सुपर हिट भएका छन् ।

स्रोतकाअनुसार उनले प्रति फिल्म ९( १० लाख पारिश्रमिक लिइरहेकी छन् ।  तर पछिल्लो समय भने मुख्य भूमिकामा उनको डिमान्ड कम हुदै गएको छ ।

नम्रता श्रेष्ठः नम्रताले अभिनय गरेका नेपाली चलचित्र ‘सानो संसार’, ‘प्रसाद’ लगायत एक पछि अर्को चलचित्र सुपर हिट भएका छन् । उनले चलचित्र ‘प्रसाद’मा १५ लाख पारिश्रमिक लिएकी थिइन् ।

सम्रागी राज्यलक्ष्मी शाहः चलचित्र ‘ड्रिम्स’ बाट चर्चामा आएकी नायिका हुन् – सम्रागी राज्यलक्ष्मी शाह । उनले अभिनय गरेका चलचित्र ‘ए मेरो हजुर २’, ‘तिमी सँग’, ‘कायर’, ‘इन्टु मिन्टु लन्डनमा’ लगायत चलचित्र सुपर हिट भएका छन् । सम्रागीले चलचित्र ‘इन्टु मिन्टु लन्डनमा’ मा १५(१६ लाख पारिश्रमिक लिएकी छिन् ।

Leave a Reply

Top