You are here
Home > Featured > बृद्ध भत्ता मासिक चार हजार पुग्यो, शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने !

बृद्ध भत्ता मासिक चार हजार पुग्यो, शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण लिन पाइने !

सरकारले बृद्ध भत्ता बढाएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै वृद्धा भत्ता चार हजार पुर्याएको घोषणा गरेका हुन् ।

सबै किसिमका सामाजिक सुरक्षा भत्ता २५ प्रतिशत वृद्धि गरेको सरकारले वृद्धभत्ता चार हजार पुर्याएको हो । बढेको भत्ता १ साउनबाट कार्यान्वयनमा आउने छ । यसअघि सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटले वृद्धभत्ता ३ हजार पुर्‍याएको थियो ।

त्यसअगाडि मासिक २ हजार रुपैयाँ भत्ता रहेको थियो । अब ७० वर्ष पुगेका वृद्धवृद्धाले मासिक रुपमा चार हजार रुपैयाँ वृद्धभत्ता पाउनेछन् । कसले पाउँछन् वृद्धभत्ता ?

तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीले ७५ वर्ष पुरा भएका वृद्धवृद्धाका लागि मासिक एक सय रुपैयाँ सामाजिक सुरक्षा भत्ता घोषणा गरेका थिए । अहिले ७० वर्ष उमेर पुगेका वृद्धवृद्धालाई मासिक भत्ता दिने गरिन्छ ।

२०६० सालमा अधिकारीले नै वृद्धभत्ता वृद्धि गरि मासिक १७५ रुपैयाँ पुर्याएका थिए । २०६५ सालमा बाबुराम भट्टराईले यस्तो भत्तामा भारी वृद्धि गरि मासिक ५ सय रुपैयाँ पुर्‍याएका थिए ।

२०७१ सालमा कांग्रेसका अर्थमन्त्री डा। रामशरण महतले १ हजार पुर्‍याएका थिए । अर्को वर्ष २०७२ सालमा तत्कालिन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक हजार रुपैयाँ वृद्धिगरि मासिक दुई हजार पुर्‍याए ।

उक्त रकमलाई २०७६ सालमा डा। युवराज खतिवडाले मासिक तीन हजार पुर्‍याएका थिए । साथै युवाहरुले शैक्षिक प्रमाणपत्र धितो राखेर अधिकतम ५ प्रतिशत ब्याजदरमा २५ लाखसम्म ऋण निकाल्न पाउनेछन् ।

Leave a Reply

Top