You are here
Home > Featured > गायिका शान्तिश्री परियारको खुशीले भरिएको सुन्दर परिवार !

गायिका शान्तिश्री परियारको खुशीले भरिएको सुन्दर परिवार !

लोक दोहोरी क्षेत्रकी लोकप्रिय गायिका शान्तिश्री परियार केही समययता सामाजिक संजालमा कम सक्रिय थिइन् । सन्तानकी आमा बन्दै गरेकी उनी केही समय बाहिर देखिएकी थिइनन् ।

बिवाह गरेको बर्षौपछि उनी आमा बनेकी हुन् । र यतिबेला उनको दैनिकी छोरीको स्याहार सुसार बनेको छ । मातृत्वको भरपूर्ण उपयोग गरिरहेको उनी बताउँछिन् । सोमबार उनले छोरीको अन्नप्राशन गरेकी छिन् । छोरीको नाम श्रीविन्दू राखेको उनले बताइन् । नि’षेधाज्ञाका कारण उपस्थित हुन नसकेका परिवारजनसँग उनले भर्चुल सम्वाद गरेको फोटो पनि सार्वजनिक गरेकी छिन् । गलबन्दी , बोल माया चौका दाउँ, लाउन्न दाजै पिरती,

म झरेको पात लागायतका दर्जनौ गीतहरुले नेपाली दर्शक श्रोताहरुको मन जीत्न सफल भएकी छिन् शान्तिश्री । नेपाली लोकदोहरी क्षेत्रमा चर्चामा रहने नामहरुमध्य शान्तिश्री अग्रपंक्तिमा आउछ ।

उनको शालीन् व्यक्तित्व र सरल स्वभावले सबैको मन जितेको छ । रोल्पाको एक सामान्य परिवारमा जन्मिएकी गायिका शान्तिश्री गीतहरुको लोकप्रियताकै कारण

विश्वका कयौं देशहरुमा आफ्नो प्रस्तुति दिइसकेकी छिन् ।दश वर्ष अघि बैवाहिक जीवनमा बाँधिएकी शान्तिश्री विभिन्न स्टेज कार्यक्रम तथा गीत रेकर्डिङ र सुटिङको व्यवस्ताको

कारणले सन्तान जन्माउने विषयमा ठोस योजना बनाउन नसकेको बताउँछिन् । अब भने उनमा खुशीको सीमा छैन । पछिल्लो समय कोरोनाको प्रभावले

लामो समय सम्म लकडाउन  हुने र स्टेज कार्यक्रम तथा अन्य सांगीतिक कार्यक्रमहरुकम हुने भएपछि आफूहरुको लागि यो समय सन्तान जन्माउनका लागि

उत्तम लागेर योजना बनाएको लुम्बिनी संचारसँग अनुभव सुनाइन् । योजना अनुसार नै गत माघ दश गते छोरीको जन्म भयो । आमा बन्न पाउँदा अत्यन्त खुशी भएको र

आफ्नौ वैवाहिक जीवनले पूर्णता पाएको उनले बताइन् । शान्तिश्रीका श्रीमान नारायण भुजेल सामाजिक कार्यकर्ताको रुपमा क्रियाशील छन् ।तस्वीररूः शान्तिश्रीको फेसबुकबाट

Leave a Reply

Top