You are here
Home > Featured > खुशी नै जीवनको शक्ति हो ! सौन्दर्य हो ! तर, कहाँ पाइन्छ खुशी ?

खुशी नै जीवनको शक्ति हो ! सौन्दर्य हो ! तर, कहाँ पाइन्छ खुशी ?

हामी सोच्छौ पैसाले खुशी मिल्छ । धन दौलतले खुशी दिन्छ । हो, यसले हाम्रो जीवन यापनलाई सहज बनाउँछ । हाम्रा अ-प्ठ्या-रा र स-म-स्याहरु सल्टाइदिन्छ ।

जीवनलाई केही हदसम्म सहज बनाउँछ । यसर्थ यी माध्यम हुन्, स्रोत होइनन् । पैसाले खुशी मिल्छ भने सबैभन्दा धनाड्य संसारका सबैभन्दा बढी खुशी हुने थिए । जबकी विश्वका सबैभन्दा धेरै धनराशीका स्वामी र एउटा फुटपाथमा जीवन गुजार्ने व्यक्तिले प्राप्त गर्ने खुशीमा कतिपनि अन्तर छैन । एउटा अर्बपतिले करोडौं आर्जन गर्दा जति खुशी अनुभूत गर्छ, त्यती नै खुशी एउटा फुटपाथमा बस्नेले भरपेट खान पाउँदा गर्छ । यसर्थ खुशीको मात्रा र परिणामले

न धनी भन्छ, न गरिब । न शक्तिशाली भन्छ, न कमजोर । खुशी त उही हो । अझ घतलाग्दो कुरा त खुशी बाहिर होइन, हामीभित्र छ । हामी आफु स्वयम् खुशीका स्रोत हौ ।

खुशी, किन्नुपर्दैन । खुशी, माग्नुपर्दैन । खुशी, चोरी डकैती गर्नुपर्दैन । किनभने यसको अथाह स्रोत हामीभित्र छ । नेपालीमा प्रचलित भनाई छ, भोक मिठो कि भोजन रु निद्रा मिठो कि ओछ्यान !

वास्तवमा कुनै भौतिक वस्तु वा उपलब्धी खुशी होइनन् । खुशीका स्रोत होइनन् । खुशी त हामीभित्र छ । खुशी कहाँ खोज्ने त ? खुशी हुनु एक मानविय व्यवहार, प्रवृत्ति हो ।

हामी सधै खुशीको खोजीमा हुन्छौ । खुशीको खोजीमा नै हामीले खुशी पनि गुमाइरहेका हुन्छौ । किनभने हामीलाई लाग्छ, खुशी ति तमाम भौतिक कुरामा छन् जसको प्राप्तीले हामीलाई खुशी बनाउँछ ।

खुशी हुनका लागि हामीलाई पैसाको जरुरत पर्दैन । ऐश आरमको जरुरत पर्दैन । मिष्ठान्न भोजनको आवश्यक्ता पर्दैन । खुशी हुनका लागि केवल यसको स्रोत आफैभित्र छ भन्ने बुझे पुग्छ ।

खुशी किन हुने त ? जब हामी खुशी हुन्छौ, प्रफुल्ल हुन्छौ, तब हामी आसपासको वातावरण पनि राम्रो हुन्छ । हाम्रा अघिल्तिर उभिएका मान्छे पनि प्रफुल्ल हुन्छन् ।

घर परिवारका सदस्य खुशी हुन्छन् । खुशीले खुशी विस्तार गर्छ । जब हामी खुशीको अवस्थामा हुन्छौ, हाम्रो मन शान्त हुन्छ । मस्तिष्क स्थिर हुन्छ । हामी फुरुंग हुन्छौ ।

यसले शरीरका विकारहरु हटाउँछ । रिस राग, घृणा, क्रोधको स्तर घटाइदिन्छ । अर्थात हाम्रो मनोविकार पखालिन्छ । यसर्थ हामी खुशी हुनुपर्छ । खुशी हामी आफैसँग छ ।

साना साना उपलब्धी, साना साना कुरामा पनि हामीले खुशी हुने प्रवृत्तिको विकास गर्नुपर्छ । किनभने खुशी नै संसारको सौन्दर्य हो । खुशी हुनका लागि गर्नु पर्ने केही कुरा

गहिरो सास लिने गर्नुस् : दिनहुँ गहिरो सास लिने गर्नुभयो भने शरीरमा अक्सिजनको मात्रा बढ्न पुग्छ, जसले शरीरसँगै मनको विकारलाई पनि कम गरिदिन्छ ।

गहिरो सास लिँदा शरीरमा सकारात्मक भाव जगाउने खालका रसायन उत्सर्जन हुन्छन्, जसले तपाईंलाई प्रसन्न राख्न मद्दत गर्छन् । चाहना कम गर्नुस्

चाहना बढी गर्नुभयो भने जतिसुकै पैसा साथमा भए पनि पूरा गर्न सकिँदैन । चाहना पूरा गर्न सकिएन भने दुःखी भइन्छ । त्यसैले खुशी भइरहनका लागि चाहना कम गर्नुपर्छ ।

धेरै महत्वाकांक्षा नराख्नुस् : कुनै उद्देश्य राखेर यसका लागि आफूलाई क्रमशः तयार गर्दै लैजानु राम्रो हो । तर, चाँडै कुनै नतिजा हासिल गर्ने महवाकांक्षा राख्नुभयो भने यसले तपाईंलाई त-ना-वमा राख्छ ।

यसले तपाईंको खुशी समाप्त पारिदिन्छ । त्यसैले बढी महवाकांक्षी नबन्नुस् । मुस्कुराउनुस् : हाँस्न, रमाइलो गर्न मन लाग्दैन भने पनि मुस्कुराउने प्रयत्न गर्नुस् ।

बिस्तारै यसलाई बानी बनाउन खोज्नुस् । हाँस्दै जानुभयो भने बिस्तारै यसैमा तपाईंको बानी पर्छ । हाँस्दाखेरि शरीरमा सकारात्मक भाव जगाउने रसायन उत्सर्जन पनि बढ्न थाल्छ,

जसले तपाईंलाई क्रमशः खुशी बनाउँदै लैजान्छ । ऐना हेर्दा खुशी हुनुस् : ऐना हेर्दा नराम्रो कुरामा ध्यान दिन बिस्तारै छोड्नुस् । कपाल पातलो छ, अनुहारमा दा-ग छ,

ओठ खुँ-डे छ अथवा यस्तै कुनै त्रुटि तपाईंको शरीरमा छ भने ऐना हेर्दा त्यस्ता कुरामा त्यति ध्यान नदिनुस् र ऐना हेरेर मुस्कुराउनुस् । दिनहुँ यसो गर्नुभयो भने तपाईं

सकारात्मक बन्दै जानुहुन्छ र खुशी पनि बन्दै जानुहुन्छ । अरूले चाहेजस्तो नबन्नुस् : अरूले आफू कस्तो होस् भन्ने चाहन्छन् भन्दा पनि आफू कस्तो बन्न चाहन्छु

भन्ने कुरालाई प्राथमकिता दिनुस् । अरूले हेभी मेकअप गरेको हेर्न चाहन्छन्, तर आफूलाई लाइट मेकअप गरेकै मन पर्छ भने आफ्नो चाहनाअनुसार चल्ने गर्नुस् ।

यसले तपाईंको मौलिकतालाई जोगाइराख्छ र तपाईंको मौलिकतासँग सहमत व्यक्तिको संगतमा तपाईंलाई पु¥याउँछ, जुन खुशी रहन सहायकसिद्ध हुन्छ ।

लाज नमान्नुस् : तपाईंले कुनै ग-ल्ती गर्नुभएको छ अथवा अफू र आफ्नो परिवेशप्रति लाज महसुस हुने गरेको छ भने यस्तो लाज आजैदेखि त्यागिदिनुस् ।

यसले तपाईंलाई आत्मविश्वासी बनाउँछ । सिर्जनात्मक काममा लाग्नुस् : लेख्ने, पढ्ने, चित्र कोर्ने, नाच्ने, गाउने, खेल्ने, सिलाइबुनाइ गर्नेजस्ता सिर्जनात्मक काम गर्नुस् ।

सिर्जनात्मक काममा लागियो भने शरीरका न-का-रात्म-क ऊर्जा सिर्जनात्मक ऊर्जामा परिवर्तन हुँदै जान्छन् र मन प्रसन्न रहन थाल्छ । कसरी हाँस्दा शरीरलाई फाइदा पुग्छ ?

हामी यदि हाँस्छौ भने, त्यसले हामीलाई खुसी तुल्याउँछ । हामीलाई मात्र होइन, हामी आसपासका मौहल पनि रमाइलो बन्छ । साथमा रहेकाहरु खुसी हुन्छन् ।

यसले सकारात्मक उर्जा पैदा गर्छ । हाँस्नका लागि हामीले पैसा खर्च गर्नुपर्दैन । न पालो पर्खनुपर्छ । जहाँपनि, जहिलेपनि हाँस्न सकिन्छ । कतिले भन्छन् पनि, ‘

जसले हाँस्न जानेको छैन, उसले बाँच्न पनि जानेको छैन ।’ हाँस्नु स्वास्थ्यका लागि अत्यान्तै लाभदायक छ । यो हामीलाई थाहा छ । तैपनि हामी हाँस्न कञ्जुस गर्छौ ।

कुष्ठा, आवेग, इष्र्या, दुख, पीडा जस्ता तत्व हावी भएपछि हामीलाई हाँस्न मन लाग्दैन । वा हाँस्न सक्दैनौ । जबकी हाँस्दा यी मनोविकार पनि हट्ने बताइन्छ ।

निशुल्क उपचार : हाँस्नु भनेको आफैमा उपचार हो । जब हामी दिल खोलेर हाँस्छौ, शरीरका भित्री अंगहरुको व्यायाम हुन्छ । रक्त प्रवाह राम्ररी हुन्छ ।

यसले हृदयलाई स्वस्थ्य राख्छ । जसरी स्वच्छ हावा, स्वस्थ्य खानपान शरीरका लागि जरुरी हुन्छ, उसैगरी हाँसो पनि स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

हाँस्ने अनेक बाहना : हाँस्नका लागि अनेक बाहना खोज्न सकिन्छ । कुनै न कुनै निहुँ बनाएर मस्त हाँस्न सकिन्छ । यसले मनोविकार हटाउँछ । चि-न्ता, त-ना-व, पी-डा अनुभव हुन दिदैन ।

न-का-रात्म-क भाव आउन दिदैन । हुन त अहिले हाँस्ने अभ्यास पनि गराइन्छ । विभिन्न योगा कक्षमा हाँस्न सिकाइन्छ । बिहानको ताजा हावामा उन्मुक्त हाँस्दा स्वास्थ्यलाई फाइदा गर्छ ।

स्वास्थ्य विज्ञहरुका अनुसार हाँस्दा मनमा उमंग छाउँछ, खुसी छाउँछ । शरीरमा सकारात्मक उर्जा प्रवाह हुन्छ । रक्त प्रवाह : खुलेर हाँस्दा शरीरमा रक्त प्रवाह राम्ररी हुन पाउँछ ।

जब हामी हाँस्छौ, शरीरमा अक्सिजन पुग्छ । अक्सिजनले मुटुको पम्प रेटलाई ठीक राख्न मद्दत गर्छ । प्रतिरक्षा प्रणाली बलियो : हाँस्दा हाम्रो रोग प्रतिरक्षा प्रणाली बलियो हुन्छ ।

यसले हामीलाई विभिन्न रोगसँग लड्न सहयोग गर्छ । स्वास्थ्य जीवनका लागि हाँस्नैपर्छ । अनिन्द्राको औषधी : यदि अनिन्द्राको समस्या छ भने, खुब हाँसौ ।

यसले शरीरमा मेटलाटोनिन नामको हर्मोन बनाउँछ । यो हर्मोनले निन्द्रा लाग्न सहयोग गर्छ । मुटुलाई फाइदा : हाँस्दा हाम्रो मुटुले राम्ररी काम गर्न पाउँछ ।

साथै नियमित रुपले हाँस्दा हृ-दय-घा-तको खतरा रहँदैन । हृदयसँग सम्बन्धित रोग पनि लाग्दैन । जवान र सुन्दर देखिने : जवान र सुन्दर देखिने चाहाना जो कोहिलाई हुन्छ ।

यो चाहाना पुरा गर्ने एउटा माध्याम हो, हाँसो । जब खुलेर हाँसिन्छ, अनुहारको मांसपेशीले राम्ररी काम गर्छ । यसले गर्दा अनुहारको चारैतर्फ रक्त प्रवाहुन्छ । यसले सुन्दर र जवान देखिन्छ ।

त-ना-व हटाउने : तनाव हटाउनका लागि सबैभन्दा राम्रो एवं प्राकृतिक औषधी हो, हाँसो । हाँस्दा हाम्रो मुड परिवर्तन हुन्छ । यसले तनाव हटाइदिन्छ ।  शरीरमा ताजा हावा : जब हामी हाँस्छौं, तब फोक्सोमा ताजा हावा पुग्छ । यसले शरीरमा अक्सिजनको आपूर्ति राम्ररी हुन पाउँछ । हाँस्दा इनर्जी पनि मिल्छ ।

Leave a Reply

Top