You are here
Home > Uncategorized > अफ्रिकन गायिकाको आवाजमा आयो ”फुलबुट्टे सारी” अर्को भर्जन, युटुबभरी भाइरल बन्यो – भिडियो हेर्नुस

अफ्रिकन गायिकाको आवाजमा आयो ”फुलबुट्टे सारी” अर्को भर्जन, युटुबभरी भाइरल बन्यो – भिडियो हेर्नुस

पछिल्लो समय नेपाली संगीतप्रेमी माँझ लोकप्रिय रहेको गीत ‘फुल बुट्टे सारी’ बोलको गीतलाई अहिले सवै दर्शकहरुले मन पराएका छन । पछिल्लो समय हरेक उमेर समूहका

व्यक्तिको जनजिब्रोमा बसेको फूल बुट्टे सारी गीतले टिकटकजस्ता सामाजिक सञ्जालमा व्यापकता पाइरहेको छ । महिला तथा पुरुष दुवैको स्वरमा सार्वजनिक भएको सो गीतले छोटो समयमै युट्युबमा करोड बढी भ्युज पाएको हो । सार्वजनिक अघिल्ला दुइ भर्सनले एक करोड बढी भ्युज पाईसक्दा नयाँ गीत सार्वजनिक भएको हो । मेल र फिमेल भर्सनको लोकप्रियता पश्चात यो गीत चाइल्ड र लेजेण्डरी भर्सनमा समेत आएको थियो ।

यी सवै भर्सनलाई अहिले दर्शन श्रोताले निकै नै रुचाएका छन । त्यस्तै अहिले पछिल्लो समय यसलाई एक अफ्रिकी युवतीले गाएकी छिन । यो भर्सन पनि अब युटुबमा हिट हुने तर्खरमा छ

याे पनि पढ्नुहाेस् : चर्चित गायिका इन्दिरा जोशीले नयाँ गीत सार्वजनिक गरेकी छन् । बेग हानी गाको गीत श्रीकृष्ण बम मल्लले लेखेका हुन्। यसको संगीतमा प्रतिष्ठित ब्यान्ड कुटुम्बले साथ

दिएका छन् । गीतको संगीत संयोजन योगेश काजीको छ । अलेन श्रेष्ठको निर्देशन रहेको बेग हानी गाकोुमा माला र कुमार पात्रको अन्तर्जातीय प्रेम कथा

देखाइएको छ । भिडिओमा कर्मा, कविता आले, विनोद भट्टराई र मिश्री थापाले अभिनय गरेका छन् । भिडिओमा गायिका इन्दिरा पनि मुख्य भूमिकामा देखिएकी छिन् ।

भिडिओलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन् । यसमा रबिन श्रेष्ठले सहायक निर्देशकको भूमिका निर्वाह गरेका छन् । नेपाली समाजमा उपल्लो

जात र तल्लो जात भनेर वर्ग छुट्याइएको छ। यति मात्र होइन, पानी नचल्ने जात भन्दै यहाँ मान्छेले मान्छेलाई शोषण गरिरहेका छन् । भिडिओको कथामा यो देखाइएको छ ।

अन्तिम समयसम्म मायामा बाधिँएका तल्लो जातुको कुमार र माथिल्लो जातुकी माला सँगै हुन खोज्छन् । तर मालाको परिवार र गाउँले यो सम्भव हुन दिदैँन । अन्तर्जातीय प्रेम कथा देखाउँदै भिडिओ गाउँको

परिवेशमा तयार भएको छ। बेग हानी गाको आइतबार गायिका इन्दिरा जोशीको आधिकारिक युट्युब च्यानल इन्दिरा जोशीबाट सार्वजनिक भएको छ । सो गीतको म्यूजिक भिडियो यति धेरै उत्कृष्ट छ हेर्नुहोस् ।

याे पनि पढ्नुहाेस् : काम पाइएन डिग्री पास गरेर, भैंसी पालें गाउँतिरै झरेर, चिन्ता छैन केही, मलाई अमेरिका यही, मलाई जापान पनि यही, मलाई बेलायत पनि यही । गायक पशुपति शर्मा

सांगीतिक कार्यक्रमको सिलसिलामा कतार पुगेका थिए । उनले देखे, त्यहाँ आफ्ना छिमलका साथीहरु चर्को घाममा काम गरिरहेका छन् । रोगी बुवाआमा, कलकलाउँदो लालाबाला,

वैंशालु श्रीमतीसँग बिछोडिएर पराइ भूमिमा कष्ट खेपिरहेका छन् । यसरी दिनरात जोतिएर उनीहरुले कति आर्जन गर्दा हुन् रु पशुपतिलाई जिज्ञासा जाग्यो ।

पसिना चुहाइरहेका नेपाली दाजुभाइले जवाफ फर्काए, ‘महिनाको २०–२५ हजार रुपैयाँ ।’ पशुपति खिन्न भए । चर्को घाममा रापिएका नेपाली दाजुभाइको दुःखले उनलाई बिथोलिरह्यो ।

मनको उकुसमुकुसलाई उनले गीतमार्फत अभिव्यक्त गर्न चाहे । वैदेशिक रोजगारीको यो निर्मम पाटोलाई उनले विरही भाकाको गीतमा पोख्ने योजना बनाएँ ।

तर, नेपाल फर्किएपछि उनले ठट्यौली शैलीको तर सन्देशमूलक गीत बनाउने तयारी गरे । अन्ततः तयार भयो, ‘बुढा पनि छन् कुरा बुझ्दिने, ठूला भैंसी पाल्या छन् दूध दिने,

मलाई बहराइन पनि यही, मलाई इजरायल पनि यही । हिले कति युवा आफ्नै बाँझो खेत जोतिरहेका छन् । नयाँ–नयाँ इलम गरिरहेका छन् । गाउँघरमै बसेर मनग्य

आर्जन गरिरहेका छन् । जब–जब यी उद्यमशील युवाहरुको प्रसंग आउँछ, धेरैको मुखले स्वतःस्फूर्त यही गीत गुनगुनाउँछ, ‘मलाई अमेरिका यही ।’

कार्यक्रमका लागि उनी देश–विदेश पुगिरहेका हुन्छन् । जहाँ पुग्छन्, मुलुकको दुरावस्थाबारे दुःखेसो मात्र सुन्छन् । सबै भनिरहेका हुन्छन्–
‘देश बर्बाद भयो ।

‘गरिखान नदिने भए । ‘बेथिति, महँगी, भ्रष्टाचार भन्दा केही छैन ।’ ‘नेताहरु सबै दलाल जस्ता मात्र भए, लुट्छन् मात्र ।’ ‘जे कुरामा पनि लुटैलुट मच्याएका छन् ।’

समाजमा व्याप्त यस्तै गुनासोहरुले उनको पनि पारो तातियो । आखिर उनले गीत लेखे, ‘लुट्न सके लुट कान्छा । लुट्न सके लुट, अरु देशमा पाइन्न, नेपालमै छ छुट ।’

यी दुई गीत काफी छन्, पशुपति शर्मालाई चिनाउन । यी स्याङ्जाली ठिटोले लोक गीतमा आफ्नो बेग्लै साम्राज्य बनाएका छन् । समाजका भित्री तहसम्म छिचोलेर गीत सिर्जना गर्छन् ।

गीतका शब्द र भाकाले दर्शक–स्रोताको हृदय स्पर्श गर्छ । त्यसैले त उनी सर्वत्र छाएका छन् । यद्यपि पशुपति शर्मा उत्तिकै शान्त छन्, सौम्य छन् । उनी सरल जीवन रुचाउँछन् ।

हिजो संघर्षका दिनमा जस्तो थिए आज उनको स्वभाव, खानपान उस्तै छ । पशुपति श्रीमती, एक छोरी, एक छोराका साथ काठमाडौंमा बस्छन् ।

उनका दौंतरीहरु सुनाउँछन्, ‘फिटिक्कै घमन्ड र दम्भ नभएको मान्छे हो ऊ । बेलाबेलामा घर पुग्दा उनी आफू चर्चित गायक हुँ भन्ने बिर्सिएर ‘काले पशुपति’ भएर रमाउँछन् ।

उनलाई परिवार, टोलमा काले भन्दा रहेछन् । उनी गाउँ पुगेपछि साथीहरुसँग घुम्न निस्किन्छन् । खेतबारी, खरबारीमा पुग्छन् । घाँस काट्छन् । खनजोत गर्न अघि सर्छन् ।

जीवन जिउने तरिकाबारे भन्छन्, ‘जीवन सामान्य तरिकाले जिउने हो । जे गर्दा खुसी मिल्छ त्यही गर्ने हो । कसैलाई देखाउन भनेर काम गरियो भने बिग्रिन्छ । त्यसलाई देखाउन गाडी चढ्छु ।

फलानोले गाडी किनेछ, म पनि किन्छु । फलानोको भन्दा ठूलो घर बनाउँछु भनियो भने त्यहाँ डुबिन्छ ।’ उनले बुझेका छन्, ‘मेरो चर्चा सधैं रहँदैन, म सधै व्यस्त हुन्न ।’

पशुपतिले काठमाडौं कलंकीको जग्गा बेचेर स्याङ्जामै घर बनाए । धेरैले गालीसमेत गरे । तर पशुपतिले भविष्यलाई सोचेर स्याङ्जामा घर बनाएको बताउँछन् ।

उनले अगाडि भने, ‘यहाँ घर बनाउँदा २ करोड बढी लाग्छ । मानौं, यहाँ घर बनाए दुई–तीन वर्षपछि म चल्न छाडें भने गाह्रो हुन्छ । त्योभन्दा गाउँमा घर बनाएपछि बुढेसकालमा

त्यहाँ खेतीपाती गरेरै पनि खुसीसाथ जीवनयापन गर्न सकियो । बाल्यकालको कथा स् संगीतको उर्वरभूमि, स्याङ्जा । त्यहाँको पुतलीबजारमा जन्मिएका पशुपति शर्मा

९३७० सानैदेखि गीत गाउन रुचि राख्थे । गाउँमा स्वस्थानी ब्रतको समयमा भजन गाइन्थ्यो । भजन सकिएपछि दोहोरी गाउने गरिन्थ्यो । पशुपति रातको समयमा परिवारका सदस्यहरु

सुतिसकेपछि संगीतको त्यो माहोलमा पुगिहाल्थे । राति २÷३ बजे आएर सुत्थे, परिवारलाई सुइँको हुँदैनथ्यो । रेडियो नेपालको प्रभाव बढी थियो । रेडियोमा बज्ने लोकगीतले

पशुपतिको ध्यान तान्थ्यो । घाँस दाउरा गर्दा, गोरु चराउन जाँदा तीनै रेडियोमा बज्ने गीत गुनगुनाउथे । कक्षा ५ मा पढ्दा जिल्लास्तरीय दोहोरी प्रतियोगितामा भाग लिएका थिए, द्वितीय भए ।

यतिबेलासम्म पशुपतिमा भविष्यमा गायक बन्छु भन्ने लागेको थिएन । पाँच सन्तान ९तीन दिदी, एक दाई०मा कान्छा पशुपति कसैले सोधे ‘डाक्टर बन्ने हो’ भन्थे ।

किनकी पशुपति सानोमा पढाइमा निकै तेज थिए । समाजको अहिले पनि धारणा छ, पढ्ने मान्छे डाक्टर–इञ्जिनियर–पाइलट बन्नुपर्छ, सरकारी जागिर खानुपर्छ । उनमा पनि त्यो सोच आउनु स्वभाविक थियो ।

पशुपतिका दाइ पनि पढाइमा निकै तेज थिए । दाजुभाइ नै भन्थे, ‘हामी डाक्टर बन्ने हो । तर, समयसँगै पशुपतिको सोच फेरियो । कक्षा ७ मा पढ्दै गर्दा पशुपतिमा डाक्टर होइन, गायक बन्ने अतृप्त चाहना पलाउन थाल्यो । पशुपतिका कान्छा मामा रेडियो नेपाल क्षेत्रीय प्रसारण केन्द्र पोखरामा कार्यरत थिए ।

Leave a Reply

Top