You are here
Home > Featured > माओवादी केन्द्रको ४ हजारको केन्द्रीय कमिटी यसरी २ सयमा झर्‍यो

माओवादी केन्द्रको ४ हजारको केन्द्रीय कमिटी यसरी २ सयमा झर्‍यो

१ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी २ सयमा झरेको छ । नेकपा एमालेसँग एकता हुनुअघि माओवादी केन्द्रको केन्द्रीय कमिटी ४ हजार सदस्यीय थियो ।

एमालेसँग एकता हुँदा माओवादी केन्द्रबाट २ सय र एमालेबाट २४५ गरी ४४५ सदस्यीय केन्द्रीय समिति बनाइएको थियो । ०७५ जेठ ३ मा नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको थियो । तर, त्यसभन्दा पहिल्यै दर्ता भएको अकर्को दलसँग नाम मिलेको भन्दै परेको रिटमा फैसला गर्दै सर्वोच्च अदालतले फागुन २३ गते एमाले र माओवादी केन्द्रलाई साविककै रुपमा फर्कादिएको थियो । सर्वोच्च अदालतले एमाले र माओवादी ब्युँताएपछि

आइतबार माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पहिलो पटक बसेको थियो । उक्त बैठकमा २ सय केन्द्रीय सदस्यहरु उपस्थित भएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

नेता श्रेष्ठका अनुसार अब माओवादी केन्द्रको केन्द्रीय समिति २०० नै कायम हुनेछ । निर्वाचन आयोगमा माओवादी केन्द्रको ८७ सदस्यीय केन्द्रीय सचिवालयमात्रै गएको छ ।

नेताहरुका अनुसार माओवादी केन्द्र दर्ता हुँदा केन्द्रीय समिति पछि बुझाउने गरी केन्द्रीय सचिवालयमात्रै रहेको जानकारी आयोगमा गराइएको थियो ।

अब त्यही ८७ सदस्यीय केन्द्रीय सचिवालयले केन्द्रीय समितिलाई अनुमोदन गरेर निर्वाचन आयोगमा पठाउनेछ । माओवादी केन्द्रको केन्द्रीय समितिको अर्को बैठक सोमबार बिहान ११ बजे बस्दैछ ।

याे पनि पढ्नुहाेस् : विश्व आर्थिक फोरमको एक रिर्पोट अनुसार विगत ५० वर्षमा ८५ वटा राज्य यस्ता छन् जहाँ कुनै पुरुष प्रमुख छैनन् । उत्तरी केन्याको गाउँ, उमेजा आज पनि

छलफलको विषय बनेको छ । त्यहाँको सम्पूर्ण जिम्मेवारी महिलालाई सुम्पिएको छ । पुरुष त्यो ठाउँमा प्रवेश गर्न सक्दैनन् । सन् १९९० मा केन्याको उमेज गाउँमा १५ पीस्डित

महिलाहरुले ब्स्तिी बसाएका थिए । तर पछि गाउँमा बास्लस्विस्वाह, खतना र घरेस्लु हिंस्साबाट पीस्डिस्त भएका महिला पनि बसोबास गर्न थालिएको छ। उक्त गाउँमा महिलाहरूले खाना,

कपडा र घरका लागि नियमित खर्च आफैँ जुटाउने गर्छन् । यसबाहेक पर्यटकहरू कम खर्चमा उमेज भ्रमण गर्ने गर्छन् । बस्ती बसाउने रेबेका लोलोसोलीलाई केही पुस्रुषले कृस्टस्पिस्ट गरेका थिए ।

महिलाको हस्क र अस्धिकास्रको लागि लड्ने क्रममा उनी अरुबाट कुस्टिएस्की हुन् । यसपछि अस्स्पतास्लमा उस्पचास्रको क्रममा उनले एक यस्तो गाउँ सोचिन् जहाँ केवल महिस्ला मात्र रहनेछन् ।

यसरी उनले पुरुष बिना एक सिंगो बस्ती बसाएकी हुन् । द गार्डियनकाअनुसार, सन् २०१५ मा गाउँमा मस्हिस्ला ४७ जना र २ सय बालबालिका थिए ।

यो पनि : दोहोरीमा अब्बल धादिङकी कमला घिमिरे यतिबेला सामाजिक संजालमा भाइरल बनेकी छन्। सानै उमेरमा लाइभ दोहोरी गाएर सबैलाई चकित बनाएकी

कमलाको चर्चा ह्वातै बढेको छ। छिनभरमै दोहोरीको टुक्का फुराउने कमलाको कला देखेर सबै चकित छन् । प्रख्यात गायक गायिकालाई समेत दोहोरीमा

टक्कर दिने क्षमता भएकी कमला अहिले सबैको हाईहाई बनेकी छन् । दोहोरी गाउन खप्पिस कमलाको स्वर पनि ज्यादै मिठो र सुरिलो छ। कमला

उमेरले १२ वर्ष लागिन् । बुबा कल्याण घिमिरे र आमा देवकी घिमिरेको कोखबाट जिल्लाको नीलकण्ठ नगरपालिका वडा नं १२ सांकोषमा उनको जन्म भयो ।

९ वर्षको उमेरमै स्कुलका साथीभाई, घरछिमेकमा दोहोरी गाएर चकित पार्ने गर्थिन्। विद्यालयका प्रतियोगीतामा भाग लिई कुनै न कुनै पोजिसन जितेकै हुन्छिन् ।

गाउँमा हुने चाडपर्व, विवाह लगायतको उत्सवमा उनको गीतमा रमाउनेहरुको ताती लाग्छन् । परिवारका कुनै सदस्य गीत संगीतमा लागेका छैनन् ।

न कसैले गीत गाउँछन् न त उनको गीतमै रमाउँछन् । ज्याला मजदुरी र घरायसी काम गरेरै बिहान बेलुकाको छाक टार्दै आइरहेको कमलाका आमा देवकी घिमिरेले छोरीले

दुःख र संघर्षको गीत गुन्गुनाइ रहने बताइन्। ‘छोरीको प्रगति देखेर खुसी लागेको छ’, खुसीको आशु निकाल्दै उनले भने, ‘भगवानले छोरीको प्रतिभालाई चिन्यो।’

कमला गीत संगीत भनेपछि सानैदेखि हुरुक्कै हुन्थिन् । गाउँमा हुने कार्यक्रम र विद्यालयमा पनि अनिवार्य रुपमा उनको सहभागीता हुन्थ्यो । कार्यक्रममा सहभागी

भई पुरस्कार समेत जितिसकेको उनकी आमा देवकीले बताइन्। ‘सानैदेखि गीत संगीत भनेपछि हुरुक्कै हुन्थिन्, रेडियो, टिभीमा बजेको गीतका भाकाहरु टपक्कै

टिप्थिन्’, उनले भने, ‘पहिले विद्यालय र छिमेकमा मात्रै सिमित थियो, अहिले छोरीको प्रतिभालाई सबैले चिनेका छन्।’ मध्यमस्तरको परिवारमा जन्मिएकी कमला दुखैले हुर्किइन् ।

बिहे गरेको तीन वर्षमा श्रीमान सम्पर्क बिहीन हुनु र परिवारको आर्थिक भार आफ्नो काँधमा आउनुको पीडा कमलाकी आमा देवकी जिन्दगीभर भुल्न चाहदिनन् ।

एक वर्षको काखे छोरीलाई जेनतेन दुःख गरेर हुकाईन्। घरको आर्थिक अवस्था धान्न धौँ धौँ परिरहेको बेला श्रीमानको अत्तोपत्तोले दिनहरु आशुको सहारामा गुजारिन् ।

सासुससुरा, नन्दआमाजु छरछिमेकीको हेला, छिमेकीको तिखो बाण सहदै पाँच वर्ष गुजारिन् । पाँचवर्षपछि सम्पर्कमा आएका श्रीमानले अर्को श्रीमती ल्याए ।

सासु ससुरासँग छुट्टै बस्दै आइरहेका देवकीले २०७२ बैशाखमा गएको भूकम्पपछि अनुदानको रकमले घर बनाइन्। अहिले छोरा र छोरीसँगै बस्दै आइरहेकी छन् ।

आमाको माया र साथले उनलाई निरन्तर प्रगति पथमा लम्काइरहेको छ। आमाले गरेको दुःख र संघर्ष उनले नजिकबाट नियालिरहेकी छन् । त्यसैले उनले आमाको संघर्ष र आशुलाई

गीत मार्फत यसरी व्यक्त गर्छिन् । उनले गीतका टुक्काहरु पनि त्यस्तै खाले बनाउने गर्छिन् । पछिल्लो समय कमला घिमिरेलेथुप्रै लोकदोहोरी गीतहरु गाईसकेकी छीन् ।

सानै उमेर नेपालमा नाम चलेका, छुट्टै पहिचान बनाईसकेका गायक राजु परियार, खेम सेन्चुरी लगायतका थुप्रै कलाकारसंग उनका गीत गायकी छिन् ।

उनले गायका अधिकांस गीतहरु निकै सफल र चर्चित छन् । यसरी बनिन् भाइरल स् भदौ ७ गतेको दिन । नीलकण्ठ नगरपालिका वडा नं १२ रिजालडाँडामा

तीज विशेष कार्यक्रम तथा प्रतियोगीताको रौनक थियो। प्रगतिशील महिला समूहले आयोजना गरेको तीज गीत प्रतियोगीता हेर्न गाउँभरिका मानिसहरु भेला भए ।

प्रतियोगीता सुरु भयो, कार्यक्रममा दोहोरीका भाकाहरु गुन्जन थाल्यो । केही बेरमा प्रतियोगिता सकियो र निर्णय पनि सुनाइयो । कार्यक्रमको अन्तिम भइसकेको थियो ।

कार्यक्रममा निर्णायकको भूमिका निर्बाह गरिरहेका रेडियो धादिङ १०६ मेगाहर्जमा कार्यरत संचारकर्मी तथा गायक अमृत सापकोटा समक्ष कसैले दोहोरी गीत गाउने प्रस्ताव राखे ।

सापकोटाले सहजै स्वीकार गरे। एकैछिनमा रातो र गुलाबी रंग मिसिएको लेहेङ्गा लगाएकी सानी बहिनी स्टेजमा पुगिन्। माइक समातिन् र दोहोरी गीत गाउन थालिन ।

‘आकाशमा चिल घुम्यो फनन, कान्छा तिम्रो नाम के हो भनन्, गलबन्दी च्यातियो तिम्ले तानेर।।।’ ११ वर्षीय कमला घिमिरेको यो प्रस्तुतिले कार्यक्रममा

सहभागी सबैको ध्यान तान्यो । सहभागीले आफूसँग भएको मोबाइल निकालेर फोटो, भिडियो खिच्दै गीतमा रम्न थाले। करिब १६ मिनेट जति कमला र अमृतको

दोहोरी चल्यो। गीतमा माया प्रिती, दुःखसुख तथा सामाजिक परिवेश झल्केको थियो। बालिकासँग दोहोरी खेलेका सापकोटालाई गीतमा उत्तर दिन हम्मे हम्मे परेको थियो ।

कार्यक्रम सकियो, सबै आ–आफ्नो घर लागे। सानी बहिनीले दमदार प्रस्तुति दिएपछि संचारकर्मी सापकोटाले आफ्नो मोबाइल खिचेको भिडियो, फोटो हेरे । भोलिपल्ट आफ्नै युटुब च्यानलमा अपलोड गरिदिए र सामाजिक संजालमा सेयर गरे।

अतः सानै उमेरमा दमदार र मार्मिक शब्दहरुले सबैको मन जित्यो । केही दिनमै उनले गायकको गीत युटुबको टेन्डिङमा पर्यो। चारैतिर कमलाको खोजी हुन पुगेको सापकोटाले बताए । सामाजिक संजाल फेसबुक, युटुबमा कमला भाइरल भएकी छन्। उनको गीतको प्रशंसा गर्नेहरु धेरै भेटिएको संचारकर्मी सापकोटाले बताए।

Leave a Reply

Top