You are here
Home > Featured > १४ बर्षपछि फिल्म क्षेत्रले संझदा नायिका विपनाको आँखामा आँशु भरिएर आयो !

१४ बर्षपछि फिल्म क्षेत्रले संझदा नायिका विपनाको आँखामा आँशु भरिएर आयो !

नेपाली चलचित्र क्षेत्रमा डेढ दशक अगाडि नायिका विपना थापाको क्रेज उचाइमा थियो । विपनाले १११ वटा चलचित्रमा अभिनय गरिन् । उनले अभिनय गरेका थुप्रै

चलचित्रले निर्माताको गोजी भरिदिए । दर्शकहरु विपनाको नाममा नै चलचित्र हेर्न हलसम्म पुग्थे । उनै, विपना चलचित्र क्षेत्रबाट पछिल्लो एक दशकदेखि टाढा छिन् । बिहे गरेर भारतमा परिवारसँग बस्दै आएकी विपना शनिबार आयोजना भएको ‘दशौं नेफ्टा फिल्म अवार्ड’मा उपस्थित भइन् ।  १४ बर्षपछि नेपाली चलचित्रको कुनै कार्यक्रममा सहभागी हुन पाउँदा विपनाको आँखा आँशुले भरियो । उनले भनिन्–‘१४ बर्षपछि मलाई चलचित्र क्षेत्रले संझिएको छ ।

१४ बर्षसम्म मलाई कसैले पनि याद गरेन । कुनै बेलामा १११ वटा चलचित्रमा अभिनय गरेर दर्शकको माया पाएकी थिएँ । तर, आज मलाई चलचित्र क्षेत्रले संझदा निकै नै खुशी लागेको छ ।

यसो भन्दै गर्दा विपनाका आँखा रसाए । विपनाले आँखा भरी आँशु पार्दै भनिन्–‘सायद, म नेपालमा नभएर पनि होला मलाई याद गरिएनँ । तर, मेरा प्राविधिकहरुले मलाई संझिएका छन् ।

आज आफ्नै घरमा आएको महशुश भएको छ । विपनाले भनिन्–‘यति धेरै मानिसहरुले मलाई संझिनुहुन्छ भन्ने सोचेकी थिइनँ । म यहाँ नभएर पनि होला, मलाई आजसम्म चलचित्र

क्षेत्रको कुनै पनि कार्यक्रममा कसैले बोलाएको थिएनँ । म १११ वटा चलचित्र खेल्ने कलाकार । नायिका थापाले आफै चाडै नै चलचित्र क्षेत्रमा फर्किने बताइन् । उनले भनिन्–‘म चाडै नै फर्किन्छु ।

कोभिड अगाडि नै चलचित्रमा काम गर्ने कुरा भएको थियो । तर, कोभिडका कारण काम अगाडि बढ्न सकेन । अब, त्यो काम अगाडि बढ्छ र दर्शकमाझ आउँछु । याे भिडियाे पनि हेर्नुहाेस् ।

याे पनि पढ्नुहाेस् : अञ्जली अधिकारी बर्दियाको मैना पोखरी स्कुलमा पढ्ने गर्थिन् । त्यति बेलाको समयमा बर्दियामा महोत्सव आयोजना हुने कुरा आयो । उक्त महोत्सवमा बद्री पंगेनी, शङ्कर बिसी,

पशुपति शर्मा लगायतका कलाकारहरू उपस्थित भएका थिए । सानै देखी नाच्न भनेपछी हुरुक्कै हुने अञ्जली अधिकारी बर्दियाको महोत्सव सम्म पुगिन् ।

त्यति बेला गीत गाउने पालो गायक बद्री पंगेनीको आयो । पंगेनीले हातमा माइक समातेर भने जब सम्म गीत गाउँछु, त्यो बेलासम्म नाच्नेलाई पुरस्कार दिनेछु।बद्रीले गीत गाउन सुरु गरे ।

अन्जली लगायतका धेरै सहभागी पुरस्कारको लागि नाच्न थाले । बद्रीले लगातार एकपछि अर्को गीत गाउँदै गए, अरु सहभागीहरु थाके । तर, अञ्जलीले अन्त्यसम्म नाचिरहिन्

र ५ सय पुरस्कार पाइन् । त्यही मौकामा उनले बद्रीलाई आफ्नो नृत्यमा रुची हुनुका साथै म्युजिक भिडियो तथा चलचित्र खेल्ने रहर लागेको बताइन् । बद्रीले ‘हुन्छ’को आश्वसन दिए ।

एसएलसीपछि भागेर काठमाडौं ल पढ्दा शिक्षक र साथीहरुले अन्जलीको नृत्यको प्रशंसा गर्थे तर, परिवारमा आमाको मात्र समर्थन थियो । ‘बुबा र दाइ म नाचेको

पटक्कै मन पराउनु हुन्नथ्यो’, उनी सम्झन्छिन् । २०७२ सालमा एसएलसी परिक्षा दिएपछि अन्जली भागेर काठमाडौं आइन् । बद्री पंगेनीलाई सम्पर्क गरेपछि उनकै निरमाया दोहोरी साँझमा काम पाइन् ।

उनी भन्छिन्, ‘हिराले हिरा चिन्छ रे । उहाँले मेरो प्रतिभालाई चिन्नुभयो ।’ भिडियो खेल्न घरबाट भागेकी अन्जली दोहोरी साँझमा नाच्न थालिन् । दोहोरी साँझमा काम गरेको भनेर नराम्रो नजरले हेर्ने

अप्ठ्यारो पनि झेलिन् । तर, दोहोरी साँझ नै उनका लागि नृत्य सिक्ने पाठशाला बनिदियो । एकवर्ष काम गरेपछि बद्रिले एउटा गीतमा मोडलिङ गर्ने अवसर दिए ।

बद्री र मिरा गिरीको स्वरमा रहेको ‘खर बारीमा’ बोलको गीतमा अञ्जली पहिलो पटक देखिइन् । त्यो समय बद्री पंगेनीको गीतबाट डेब्यू गर्नु पनि उनको लागि ठुलो सफलता थियो ।पहिलो भिडियोमा

आफ्ना कमजोरी अञ्जलीले महशुस गरिन् ।स्टेज र क्यामेरामा नाच्च फरक रहेछ’, अन्जली भन्छिन्, ‘आफ्नो कमजोरी आफैं पत्ता लगाएर सुधार्न थालेँ ।

बद्री पंगेनीले लगातार तिन पटक मौका दिएपछि अन्जलीलाई भिडियोमा अफर आउन थाल्यो ।पशुपति शर्मा र सम्झना भण्डारीको तीज गीत ‘मेरो माया बसेको ठाउँमा’मा

अभिनय गरेपछि उनलाई दर्शकले चिन्न थाले ।बोल माया’बाट व्यापकता अञ्जलीले काम गरेको करिब २०० भन्दा बढि भिडियोमध्ये आधामा प्रकाश सपुत पनि थिए ।

अन्जली जस्तै भिडियो मोडलिङमा जम्न खोजिरहेका प्रकाशले आफैं गीत लेखेर भिडियोका लागि मोडलहरुलाई अफर गरे तर, धेरैले अस्विकार गरे ।

त्यसपछि उनले अञ्जलीलाई सम्झिए । त्यसबेला गाउँ पुगेकी अञ्जलीले गीत पठाउन भनिन् । घरमा त्यो गीत बजाउँदा बुबाआमासहित सबैले मन पराए । गीत मार्मिक थियो ।

त्योबेलासम्म बुबा र दाजुले पनि अञ्जलीको रुचीलाई सकारिसकेका थिए ।उनले कोठामा एक्लै बसेर गीत बजाइन् र बेस्सरी रोइन् ।गीतमा डुबेर रोएपछि उनलाई लाग्यो, म यो गीत गर्न सक्छु ।

यो पनि पढ्नुहोस् : नवीन बाबु गुरुङ पस गाउँ नाम सुन्ने बित्तिकै जाउँ जाउँ लागेको थियो। तमु गुरुङ संचारकर्मी संघको चौथो राष्ट्रिय महाधिवेशन पस गाउँमा

सहभागी हुन क्यामेराको झोला बोकेर साथीहरूसँगै पोखरा हिँडियो।पोखरामा स्थानीय र बाहिरबाट आएका पत्रकार साथीहरू हामीलाई पर्खिरहेका थिए ।

अमरसिंह चोकमा पस गाउँ हिँड्न तम्तैयार बसको आडैमा हामी ओर्लिएपछि सबै जना बसमा उक्लियौं। बस पस गाउँ जान विजयपुर हुँदै हुइँकियो । पोखरालाई तल पारेर पहाड

चढ्दै गर्दा पोखराको दृष्य लोभलाग्दो देखियो। कच्ची बाटोमा बससँगै हल्लिदै अघि बढ्यौं। मादी खोलाको तिर ठूला(ठूला फाँट तोरीबारी अनि ग्रामीण बस्तीको सुन्दरताले

मन लोभिँदै थियो अनि थकान हराउँदै थियो । खुला आकाश खुला धर्ती फाँटको बीच(बीचमा परालको टौवाहरू अनि केही ठाँटी र पानी घट्टहरू कुनै कलाकारले

रचेको एउटा कृति जस्तो देखिने। हेर्दाहेर्दै बसभित्र बत्ती बल्न थाल्यो बाहिर अँध्यारो हुँदै गयो।साँझ झमक्क हुँदा पस गाउँको पुछारमा रहेको बसपार्कमा पुगियो ।

बसबाट ओर्लन नपाउँदै पन्चेबाजा घन्किन थाल्यो। गाउँले भाका रन्किन थाल्यो। गाउँको आमा समूह र साँस्कृतिक समूहको स्वागत गुरुङ संस्कृति अनुसार माला र टीका

अनि संगीतले हामीलाई स्वागत गरियो। त्यो क्षण अत्यन्तै रोचक लाग्यो।पस गाउँबारे नसुनेको होइन तर आफ्नै आँखाले प्रत्यक्ष अनुभव गर्ने मौका पाएको थिइनँ ।

त्यसैले यो भ्रमणलाई अवसरको रूपमा लिएको थिएँ। अँधेरी रात बाधक बनेको झैं लाग्यो भोलि उज्यालो त हुँदै थियो तर उत्सुक मनले तन गाउँतिर फर्कियो ।

डाँडामा टम्म मिलेको गाउँ पहाडी घरको आकार अस्पष्ट देखियो । घरको बरण्डामा झुन्डिएको बिजुली बत्तीको उज्यालोले आकर्षक घरहरूको आकार देखिन्थ्यो ।

स्वागतँगै पस गाउँ पस्यौं । थकाइ र हिँडाइ चटक्कै बिर्साइ दिएको थियो पस गाउँ र गाउँलेको आतिथ्यताले। हामी गाउँको बीचमा रहेको समाजघर अर्थात् कार्यक्रम स्थलमा पुग्यौं ।

नाचगानमा रमायौं।त्यहीबेला एक जनाले ठूलो स्वरले गुरुङ भाषामा बोले( भोलि गाउँ बाध्ने अर्थात् गाउँमा पाहुना आएको र कार्यक्रम भएको हुँदा कसैले काम नगर्नू ।

हामी सानो छँदा पनि गाउँमा केही पर्यो वा भेला हुनु पर्यो वा केही निर्णय गर्नु परे कटुवालले गाउँ जम्मैले सुन्ने गरी साँझपख यसरी नै कराउने चलन थियो ।

यो देखेर सानोबेला याद आयो। तर अहिलेरु यस्तै सोच्दा सोच्दै खाना खाने समय भयो। खाना खाइवरी जिउलाई आराम दिन निद्रादेवीको काखमा पल्टियौं । बिहानी पख पातलो एक सरो सिरकले ज्यानलाई थेगेन। चाँडै निद्रा खुल्यो ।

यदि चाँडो गर्ने के१ चिसो छल्न उठेर हिँड्ने निधो गर्यौं( साथी विवेक र म। गाउँ पूरै देखिने ठाउँ खोज्दै उकालो लाग्यौं।उकालो लाग्दै गर्दा एउटा गुम्बा जस्तो ठाउँमा पुग्यौं । त्यो ठाउँमा मान्छेहरूको चहलपहल देखिन्थ्यो। कोही पढिरहेका थिए,कोही काम गरिरहेका।त्यो गाउँमा विद्यार्थी बस्ने होस्टेल पनि रहेछ। गाउँलेकै पहलमा खोलिएको रे।

 

Leave a Reply

Top