You are here
Home > Featured > अहिले ड’रै–ड’रमा गीत निकाल्नुपर्ने अवस्था छ ! बद्री पंगेनी

अहिले ड’रै–ड’रमा गीत निकाल्नुपर्ने अवस्था छ ! बद्री पंगेनी

लोकगायत बद्री पंगेनीले अहिलेको अवस्थामा गीत सार्वजनिक गर्दा धेरै कुराको चि’न्ता र ड’र हुने बताएका छन् । अनलाइनखबरसँगकाे कुराकानीमा पंगेनीले भने–‘म मात्र होइन,

म जस्ता धेरै सर्जकले गीत सार्वजनिक गर्दा धेरै कुराको डु’र’ लिनुपर्ने अवस्था छ । अहिले कलाकार धेरै छौं । सिर्जना गर्नेहरु धेरै छौं । शब्द मिल्न जान्छ कि, लय मिल्छ जान्छ कि भन्ने ड’र हुन्छ ।’ उनले संयोगले शब्द, लय मिल्न जाने तर बजारमा त्यस्ता श्रष्टाहरुलाई चोरको संज्ञा दिइने गरेको बताउँदै यसलाई गलत प्रवृत्ती भनेका छन् । कतिपयको भने अरुको सिर्जना चोरेर गाउने धन्दा रहेको बताउँदै त्यसलाई रोक्नुपर्ने पंगेनीले बताए ।

उनले जस्तो खालको गीत सार्वजनिक गर्दा पनि बजारमा टिकाटिप्पणी हुने अनुभव सुनाए । उनले भने–‘आधुनिक शैलीको गीत गरौं भन्नेतर्फ लाग्दा बद्रीले यस्तो गीत निकालेर बजार विगार्यो भन्न आ’रो’प लाग्छ ।

मौलिक गीत निकाल्न खोज्दा सधै एउटै प्रकृतीको गीत ल्यायो भनेर गाली गर्छन् । कुनै गीत चलेपछि विवादहरु पनि गीत–संगीत बजारमा देखिइरहेको हुनाले आफू पनि त्यो वि’वा’दमा परिने हो कि

भन्ने कुराले ड’रा’ए’को बद्रीले बताए । पछिल्लो समय युटुबमा अनेकथरी ‘का’ण्ड’ भन्दै भिडियोहरु आइरहने हुनाले आफ्नो गीत छायाँमा पर्ने हो कि भन्ने  ड’र पनि सर्जकमा हुने पंगेनीले बताए ।

यस्ता धेरै कुरा सोचेर एउटा सर्जकले ड’रै ड’र’मा गीत सार्वजनिक गर्नुपरेको उनले बताए । बद्रीले केही दिनमै आफूले गीत सार्वजनिक गर्न लागेको पनि सुनाए । अनलाइनखबरबाट

याे पनि पढ्नुहाेस् : सिन्धुपाल्चोक हेलम्बु गाँउपालिका १ का होम बहादुर सुनार काठबाट विभिन्न आकर्षक सामाग्रीहरु बनाउछन । उनले काठबाट चिया खाने कप, दहि तथा र’क्सी

हाल्ने भाडो लगायत विभिन्न किसिमका आकर्षक सामाग्री बनाउछन । उनले यो व्यवसाय आप्नै घरमा घरेलु उद्योगको रुपमा सुरु गरेका छन । सुनारका अनुसार यो व्यवसाय

विगत १ वर्षदेख गर्दै आएका छन । उनले बनाउने सामाग्रीमध्ये सवै भन्दा महंगो भनेको चिया पिउने कप हो । एउटै कपको २ लाख रुपैँया पर्नेगरेको होम बहादुरले बताए ।

उनका अनुसार सिस्नुको जराबाट बनाइने सो कप निक्कै महंगो पर्छ । उनले बनाउने सामाग्रीहरु विशेषगरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा बसोबास गर्ने ह्योल्मो समुदायले प्रयोग गर्छन ।

उनि पैसा कमाउनकै लागी वैदेसिक रोजगारीमा पनि गए । त्यहाँ वर्षौसम्म दुख गरे पनि सोचेजस्तो कमाइ नभएपछि नेपाल फर्किए । के गर्ने भन्ने अन्यौलताका विच सुरु गरेको यो व्यवसायले

उनि आफै स्वरोजगार बनेका छन भने परिवारसँगै बसेर विदेशमा भन्दा राम्रो कमाइ पनि गरीरहेका छन । उनि थप्छन विदेशमा जति दुख गर्ने हो भने नेपालमै त्यो भन्दा धेरै कमाइ गर्न सकिने उनले बताएका छन् ।

यो पनि पढ्नुहोस् : यो पनि पढ्नुहोस् स् निखिल उप्रेतीलाई चलचित्रमा ‘उडी–उडी किक हान्ने हिरो’ का रुपमा चिन्ने दर्शकहरु धेरै छन् । करिब दुई दशकदेखि ‘एक्सन किङ’ को

रुपमा नेपाली चलचित्रमा राज गरेका उनको छवि अबका दिनमा भने फेरिन सक्छ । केही समययता सञ्चारमाध्यममा आएका निखिलका अन्तर्वार्ताहरु

पछ्याउनुभएको भए उनको व्यक्तित्वको अर्को पाटोबारे तपाईं अनभिज्ञ पक्कै हुनुहुन्न । आध्यात्मिक जागरणयुक्त एक चिन्तकरदार्शनिकका रुपमा उनी

प्रस्तुत भइरहेका छन् । हरेक विषयवस्तुलाई गहिराइमा पुगेर विश्लेषण गर्ने तथा गहकिला तर्कहरु उधिन्ने उनको क्षमताले धेरैलाई आश्चर्यमा समेत पारेको छ ।

मानिसहरु सोच्छन्, ‘निखिल त पुरै बदलिएछन् ।’ ‘तर, म बदलिएको होइन,’ आफ्नैबारेमा निखिल भन्छन्, ‘म पहिल्यैदेखि आध्यात्मिक चेत भएको मान्छे हुँ ।

चलचित्रको नायकत्वले गर्दा यो पक्ष गौण रहेको मात्रै हो ।’ औपचारिक शिक्षाबाट आफ्नो विश्वास उडेपछि स्वअध्ययनतिर मोडिए निखिल । प्रमाणपत्र तहपछि

औपचारिक अध्ययनमा पूर्णबिराम लगाउँदै उनी धर्म, दर्शन, समाज तथा राजनीतिका पुस्तकका ठेलीहरुमा घोत्लिन थाले । चलचित्रमा अति व्यस्त रहँदा पनि उनले

पुस्तकका लागि समय निकाल्थे । ‘म आफ्नो गाडीमै डंगुर किताबहरु बोक्ने गर्थेँ,’ उनी भन्छन्, ‘सुटिङबाट एकछिन फुर्सद हुँदा पनि केही पानाहरु छिचोल्न भ्याइहाल्थेँ ।’

चलचित्रमा व्यस्त रहँदा नै निखिलले ६–७ सय पुस्तक निखारे भने ती पुस्तकले उनको बौद्धिकतालाई तिखारे । उनले बेद, कुरान, बाइबलसम्म भेट्टाएसम्मका

धार्मिक ग्रन्थहरु पढेका छन् । अहिले उनी राजनीतिदेखि समाज र विज्ञानदेखि आध्यात्मसम्मका विषयमा तर्कवितर्क गर्न सक्छन् । मानिसहरुलाई उत्प्रेरित गर्न सक्छन् ।

पढेकोमध्ये उनलाई सबैभन्दा बढी प्रभाव पारेको ग्रन्थ चाहिँ बेद नै हो । ‘यो ग्रन्थ बियोन्ड द साइन्स हो । यति गजबको चिजलाई हामीले बुझ्न सकेका छैनौं ।

तर, यसको अन्तर्यमा नगई कथामा मात्रै भुल्लिदा चाहिँ केही पनि हात पर्दैन,’ उनले भने । धेरैले विज्ञान र आध्यात्मलाई परस्परविरोधी मान्ने गर्छन् । तर, निखिलको

बुझाइ फरक छ । उनी विज्ञानको बाटो भएरै आध्यात्ममा पुग्न सकिने बताउँछन् । ‘आध्यात्म भनेको विज्ञानको सत्रु हुँदै होइन,’ उनले भने, ‘विज्ञानको सीमा

सकिएपछि आध्यात्मको सीमा सुरु हुन्छ ।’ उनले थप ब्याख्या गरे, ‘कुनै पनि चिजलाई मिहिन ढंगले विश्लेषण गर्दै जाने हो भने आफैं आध्यात्मिक भइन्छ । विज्ञानबाट

अझै गहिराईमा जाँदा आध्यात्ममा पुगिने हो । कुनै पनि वस्तुको भौतिकताबाट अघि बढेर भावमा पुग्नु नै आध्यात्म हो । यो नबुझ्नेहरु रणभूल्लमा पर्छन् ।’

समबोधि अभियान स् स्वअध्ययन र चिन्तनबाट आफूले प्राप्त गरेको तत्वज्ञान अब अरुलाई बाँड्ने ध्याउन्नमा छन् निखिल । यस कार्यलाई अभियानकै रुपमा

देश–विदेशमा लैजाने उनको योजना छ । करिब एक वर्षअघि निखिलले समबोधि फाउन्डेसन स्थापना गरेका थिए । तर, कोरोनाका कारण तत्काल अभियान

अघि बढाउन सकेनन् । अहिले परिस्थिति केही सहज भएसँगै उनको अभियान ‘समबोधि–आरम्भ’ औपचारिकरुपमा आरम्भ भएको छ । उनले पहिलो

कार्यक्रम बुटबलमा र त्यसपछि भैरहवामा गरे । दुवै कार्यक्रमबाट उत्साहजनक प्रतिक्रिया पाएको निखिलले बताए । ‘कार्यक्रममा धेरैजसो युवाहरुको उपस्थिति थियो

र सबैले मेरा कुराहरुलाई निकै ध्यानपूर्वक सुन्नुभयो,’ उनले सुनाए, ‘कार्यक्रम सकिँदाखेरि मलाई फिल्म छुटेर हलबाट निस्केको भिडको सम्झना भएको थियो ।’

अहिले निखिललाई धेरै ठाउँबाट बोलावट आइरहेको छ । विदेशमा रहेका नेपाली समुदायले पनि उनलाई आमन्त्रण गरिरहेका छन् ।

‘युरोपमा १० वटा कार्यक्रमका लागि तयारी भएको थियो, तर कोरोनाले रोकियो,’ निखिलले भने, ‘अब देश र विदेशमा हामी जान्छौं, युवाहरुलाई परिवर्तन गर्छौं ।’

आफ्नो अभियानको मुख्य लक्ष्य युवाहरुमा ‘सेल्फ रियलाइजेसन’ जगाउनु रहेको उनले प्रष्ट्याए । त्यो कसरी त रु उनले ब्याख्या गरे, ‘आजका युवाहरु भर्चुअल

संसारमा मात्रै रमाइरहेका छन् । हिजो हाम्रो पुस्तालाई हजुरबा–हजुरआमाहरुले पौराणिक कथाहरु सुनाउँथे, जुन शिक्षामुलक पनि हुन्थ्यो । तर, आज त्यो छैन ।

युवाहरु सोसल नेटवर्कमा केन्द्रित भएका छन् । भर्चुअल नलेजमा दौडिरहेका छन् । उनीहरुले आफैंलाई चिन्न सकेका छैनन् । हाम्रो अभियानले युवाहरुलाई

आफैंलाई चिन्न सघाउँछ र कुनै पनि चिजलाई वस्तुगत विश्लेषण गर्नका निम्ति क्षमतावान गराउँछ । त्यसपछि उनीहरु स्वतः आध्यात्मतर्फ ढल्किन्छन् ।’

आजकाल अभिव्यक्ति कलामार्फत युवाहरुलाई प्रेरणा दिने थुप्रै व्यक्तिहरु छन्, जसलाई मोटिभेसनल स्पिकर भनेर चिनिन्छ । निखिल आफू मोटिभेसनल स्पिकर

नभएको बताउँछन् । खासमा उनी यस्तो मोटिभेसन स्पिचका विरोधि हुन् । उनले उदाहरण दिएर भने, ‘तपाईंलाई दम दिने स्टोभ थाहा छ नि रु दम दिएपछि भ्यार्र बल्छ,

केहीबेरमा त्यो दम सकिनासाथै निभ्न थाल्छ । मोटिभेसन स्पिच भनेको पनि स्टोभमा दम दिएजस्तै हो । सुनुञ्जेल प्रेरणा मिल्छ । तर, बाहिर निस्केपछि जस्ताको तस्तै ।’

मोटिभेटरलाई थप कटाक्ष गर्दै उनले भने, ‘जसलाई स्वयम् आत्माको अनुभूति छैन, उनीहरु आत्मबल बढाउने कुरा गर्छन् । जो आफैं अशान्त छन्, उनीहरु

शान्तिसँग बाँच्न सिकाउँछन् । जो आफैं बेचैन छन्, उनीहरु अरु बेचैन युवाहरुलाई कुरामा भूल्याउँछन् । ‘मोटिभेसन स्पिचले यसले एकप्रकारको लत बस्छ ।

तपाईंलाई कसैले उकासिरहनुपर्ने, तारिफ गरिरहनुपर्ने, हौसला दिइरहनुपर्ने हून्छ । अन्यथा नैराश्यता जागिहाल्छ । त्यसैले म भन्छु कि युवाहरुलाई स्वःप्रेरित तुल्याउनुपर्छ ।

आफैंभित्र जागरण पैदा गर्नुपर्छ । एकपटक त्यो गरेपछि फेरि–फेरि गराइरहनु नपरोस । आफ्नो अभियानका लागि उनले विभिन्न कोर्सहरु पनि विकास गरेका छन् ।

रिटायर्ड लाइफमा रहेका बृद्धबृद्धहरुका निम्ति पनि आफूसँग बेग्लै प्याकेज भएको उनी बताउँछन् । ‘बृद्धावस्था भनेको मृत्यू पर्खेर बस्ने उमेर मात्र होइन,’

उनी भन्छन्, ‘उहाँहरुलाई पनि उत्साहित तरिकाले बाँच्न सिकाउनुपर्छ । त्यो तरिका मसित छ । निखिलको अध्यात्मिक चेतले उनकी नायिका पत्नी सञ्चिता

लुईंटेललाई पनि तानेको छ । समबोधि अभियानमा उनले निखिललाई दाहिने हात भएर साथ दिइरहेकी छिन् । सञ्चिता भन्छिन्, ‘उहाँको कुराले यति धेरै

मानिसहरुलाई प्रभाव परेको छ भने मलाई नपर्ने कुरै भएन नि ।’ कलाकारितामा निखिल निखिल निसन्देह कलाकारिताका माध्यमले चिनिएका हुन् ।

उनको फिल्म करिअर बलिउडबाट ‘स्टन्टम्यान’ का रुपमा सुरु भएको थियो । दुई दशकअगाडि नेपाल आएर उनले ‘पिँजडा’मा अभिनय गरे । पहिलो चलचित्र

नै हिट भएपछि उनले पछाडि फर्केर हेर्नुपरेन । पिँजडामा सात तल्ला माथिबाट हाम्फलेर चर्चा कमाएका निखिल त्यसपछिका केही वर्ष अति व्यस्त बने ।

एक वर्षमै उनको ७–८ वटा चलचित्र पनि रिलिज हुन्थे । त्यसबेला स्क्रिप्ट, व्यानर र निर्देशकको छनोटमा चुक्दा उनले धेरै कमसल चलचित्रहरुमा पनि अभिनय गरे ।

व्यस्त रहँदा–रहँदै बीचमा फेरि एकपटक मुम्बई पुगे । पाँच वर्षपछि नेपाल फर्किएर पुरानै लय समाते । आफैंले चलचित्र निर्माण र निर्देशन पनि गरे ।

समग्रमा हालसम्म निखिलको फिल्म करिअरलाई सफल नै मान्नुपर्छ । नेपाली चलचित्रका नियमित दर्शकमा उनले राम्रो क्रेज कमाएका छन् । तथापि यदाकदा

मात्रै हलतर्फ तानिने शहरका बौद्धिक स्तरका दर्शकलाई भने उनले अपिल गर्न नसकेकै हुन् । निखिल सिंगल स्क्रिनमा खुब चले, तर मल्टिप्लेक्समा उनको

बलियो उपस्थिति भएन । उनले अभिनय गरेका प्राय फिल्म मल्टिप्लेक्सका दर्शक लक्षित पनि थिएनन् । निखिलले खेलेका थुप्रै चलचित्र व्यवसायिकरुपमा

सफल भए पनि समिक्षकको नजरमा उनी अभिनयमा कमजोर मानिन्थे । कुशल अभिनयभन्दा मारमुङ्ग्री गरेर हिट भएको आरोप उनलाई लाग्दै आएको छ ।

यसको आत्ममूल्यांकन निखिल स्वयम्ले पनि गरेका छन्, तर फरक कोणबाट । खासमा ‘अभिनय’ लाई हेर्ने उनको दृष्टिकोण नै फेरिएको छ । उनी भन्छन्, ‘

मलाई पहिले लाग्थ्यो कि हामी मात्रै कलाकार हौं र हामी मात्रै अभिनय गर्न जान्दछौं । तर, मैले अहिले आएर बुझेँ, संसारमा सबै मानिसहरुले अभिनय नै गरिरहेका रहेछन् ।

आफू जे हो त्यही भएर वास्तविकतामा बाँच्ने मानिसहरु निकै कम छन् । यो बुझेपछि मलाई लाग्यो कि अभिनयमा त म साँच्चै कमजोर नै छु ।’

निखिल प्रचारको भोका कहिल्यै भएनन् । मिडियामा छाइरहन चाहने उनको आदत छैन । सामाजिक सञ्जालमा उनी लगभग निस्क्रिय छन् ।

सार्वजनिक कार्यक्रममा पनि उनको उपस्थिति न्यून देखिन्छ । निखिल भन्छन्, ‘आफूलाई ठूलो बनाएर, भाउ खोजेर होइन, मलाई त्यस्तोमा रुची नै लाग्दैन,’

उनले उदाहरण दिए, ‘कुनै पनि फुलमा यदि राम्रो सुगन्ध छ भने त्यो आफैं फैलिन्छ, त्यसका लागि अतिरक्त कोसिस गरिराख्नै पर्दैन । यदि ममा कुनै प्रतिभा छ

भने त्यो पक्कै पनि उजागर हुन्छ । मलाई प्रचारमा रमाउनु नै छैन ।’ निखिल आध्यात्मिक अभियानमा लागेपछि धेरैको कौतुहल हुन सक्छ, अब उनको फिल्म करिअर के हुन्छ रु के कलाकारितालाई बिट मारेर उनी

आध्यात्ममा लागेका हुन् रु निखिलले यसलाई इन्कार गरे । उनी कलाकारितामा रहिरहने छन्, तर पहिलेभन्दा फरक तरिकाले । उनी भन्छन्, ‘म अझै पनि मिहिनेतकै कमाईले बाँच्न चाहन्छु । दुई चार कुरा बोलेको भरमा पैसा कमाउने र त्यसबाट आफ्नो जीवनस्तर सुधार्ने मेरो कुनै चाह छैन ।

Leave a Reply

Top