You are here
Home > Featured > चर्चित लोक गायिका रिना केसी रुदै मिडियामा, श्रीमानबाट ठुलो धोका

चर्चित लोक गायिका रिना केसी रुदै मिडियामा, श्रीमानबाट ठुलो धोका

काठमाडौ । परिवार र समाजमा अहिले पनि महिलालाई दोस्रो दर्जाको रुपमा लिइन्छ । सर्वसाधारण मात्र होइन समाजमा नाम कमाएका महिलाहरुले पनि यस्तो समस्या भोगेका छन् ।

यस्तै समस्यामा परेकी गायीका रिना केसीले आफु माथि परेको पी डा सार्वजनिक गरेकी छन् । आफु गायीका भएकै कारण श्रीमानले आफुलाई नकारात्मक सोच राख्ने र समाजमा त्यसले आफुलाई नराम्रो प्रभाव पारेको बताएकी छन् । उनले कोठा भाडामा बस्दा अरुले नै थाहा पाउने गरी आफुलाई नराम्रो ब्यवहार गर्ने गरेको उनको बताएकी छन् । उनले श्रीमानले दिएको पी डा सम्झदा आँशु झारिन् । श्रीमानले सहयोग र साथ नदिएका कारण उनले छोराछोरीको सामान्य

आवश्यकता पनि पुरा गर्न नपाएको पल पनि सम्झिइन् । संगै बसेर छोराछोरीको भविष्य पनि विग्रने र आफुले पनि कहिल्यै सुख नपाएका कारण अलग बस्ने निर्णय गरेको उनले बताएकी छन् । निकै चर्चित गीत

के है पानपाते ठूली र भँगेरी चरी जस्ता थुप्रै गीत गाएकी उनी जति चर्चित भइन् त्यती नै उनको जिवन कष्टकर रह्यो । उनको छोरी अहिले ११ वर्षकी भइन् । उनी कक्षा ५ मा पढ्छिन् । अहिले उनले एक्लै

छोराछोरी हुर्काएकी छन् । श्रीमानको साथ पनि छुट्यो त्यसै माथि लकडाउन पनि सुरु भएपछि स्टेज चढ्न नपाउँदा भने आर्थिक रुपमा उनलाई समस्या भयो । विवाह भएपछि घरमा कहिल्यै

माया र सम्मान नपाएको भएपनि माइती पक्षमा आमाबुवा र परिवारको सहयोगले गर्दा भने अहिलेको अवस्थामा पुग्न पाएको पनि बताउँछिन् । उनले छोरीको रुपमा म भाग्यमानी भए तर लोग्नेको परिवारमा भने कुकुरले जत्तिको पनि माया पाइन् उनले भनिन् ।

याे पनि पढ्नुहाेस् : प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको बलिदानको प्रतिफलमा प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई ‘समृद्ध र नेपालीलाई सुखी’ बनाउने अभियानमा रहेको बताएका छन् ।

शहीद दिवस २०७७ का अवसरमा सन्देश दिँदै उनले जनतालाई अधिकार सम्पन्न बनाई शहीदको बलिदानबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गरेको बताए । प्रधानमन्त्री ओलीले

शहीदको बलिदानीपूर्ण सङ्घर्षको मार्गदर्शनबाट समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउँदै राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तव्य सरकारले तय गरेकोसमेत बताए । ‘समृद्ध नेपाल, सुखी नेपाली’

को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सुस्थीर राजनीति अपरिहार्य रहेको उनको भनाइ छ । सुस्थीर राजनीतिमा व्यवधान पैदा गर्दै मुलुकको विकास र समृद्धिको आकाङ्क्षाविरुद्ध खडा गरिएका चुनौतीलाई

हामी सबैले एकजुट भएर पराजित गर्नुपर्दछ”, सन्देशमा उनले भनेका छन्, “हाम्रो राष्ट्रिय आकाङ्क्षा पूरा गर्न सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र व्यावहारिकरुपमा सवलीकरण तथा संविधानको

प्रभावकारी कार्यान्वयन एवं सामाजिक जागरण र उत्थानका कामलाई प्रभावकारी ढङ्गबाट अघि बढाउँदै हामी सुशासन र विकासको बाटोबाट अघि बढ्ने छौँ । हाम्रा अमर शहीदको बलिदानीले हामीलाई

देखाएको मार्गदर्शन पनि यही हो ।” लोकतान्त्रिक अधिकार, कानूनी राज्य, न्याय र समानतामा आधारित राज्यव्यवस्थासहितको प्रणाली संस्थागत भएपछि अधिकारप्राप्तिका लागि गरिएको

लामो सङ्घर्षको चरण पूरा गरेकोसमेत उनले बताए । सबल लोकतन्त्र, सुदृढ अर्थतन्त्र, सुशासन र सामाजिक न्यायको व्यावहारिक कार्यान्वयनमार्फत मुलुकमा नवनिर्माणको

शृङ्खला अघि बढेको भन्दै उनले भने, “हाम्रा प्रातः स्मरणीय शहीदले देखेको सपनाको सार देशको समृद्धि र जनताको सुख हो । देशको समृद्धि र जनताको सुखप्राप्तिका लागि तिनै

शहीदका सपनालाई मूर्तरुप दिन हामीले बितेका केही वर्षमा नवनिर्माणको चौतर्फी अभियान चलाएका छौँ ।” प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार निर्माण, सामाजिक सुरक्षा,

विपद्मा परेका जनताको व्यवस्थित आवास निर्माण र स्वास्थ्य तथा शिक्षा क्षेत्रको पूर्वाधार निर्माणमा हामी विगतको तुलनामा निकै अघि बढ्न सफल भएको समेत बताए । उनले सरकारले थालनी

गरेका विकासका दूरगामी योजनाले जनताको जीवनमा परिवर्तन ल्याउने उल्लेख गरेका छन् । सबैलाई समाज र राष्ट्रको हितमा निःस्वार्थरुपमा सक्रिय हँुदै अघि बढ्न प्रेरणा मिलोस् भन्ने अपेक्षा

उनले सन्देशमा राखेका छन् । जहानियाँ राणाशासन, निरङ्कुश पञ्चायती व्यवस्था र जन्मसिद्ध श्रेष्ठताका आधारमा चलेको निरङ्कुश राजतन्त्रात्मक व्यवस्थाको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको

स्थापना गरेर स्वप्नद्रष्टा शहीदको बलिदानमार्फत मुलुकमा सामाजिक न्याय, कानूनी शासन र जनाधिकारसहितको न्यायपूर्ण व्यवस्था प्राप्त गरेको उनको भनाइ रहेको छ । जहानियाँ राणा शासनविरुद्धको

सङ्घर्षका क्रममा विसं १९९७ मा नेपाल आमाका वीर सपूत शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले आफ्नो जीवन बलिदान गर्नुभएको थियो । बलिदानको त्यही

गाथालाई हामीले शहीद सप्ताहका रुपमा मनाउने गरेका छौँ । सोही सङ्घर्षको भाव भूमिबाट जनसङ्घर्षको ज्वार उठेर विसं २००७ मा १०४ वर्ष लामो जहानियाँ राणाशासन अन्त्य भएको थियो ।

यो पनि पढ्नुहोस् स् नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रकृतिको साथ समृद्धि खोज्नुपर्ने बताएका छन् । सेनाको ब्यारेक निर्माणस्थल बेंसीशहर वडा नं २ श्रीस्वारामा

बृहत् फलफूल वृक्षरोपण अभियानको आज शुरु गर्दै प्रधानसेनापति थापाले उक्त कुरा बताएका हुन् । प्रधानसेनापति थापाले नेपाल सरकारको समृद्धिको लक्ष्य हासिल गर्ने

योजनामा साथ दिँदै प्रकृतिको संरक्षण, फलफूलखेती र व्यावसायिक कृषिबाट समृद्धि हासिल गर्न सहयोग पुग्ने बताए । उनले खेतबारी बाँझो राखेर विदेश जानुभन्दा यहीँको माटोमा मेहनत गरे

उन्नति हासिल गर्न सकिने बताए । प्रधानसेनापति थापासहितको टोलीले बेंसीशहर–२ को जर्गेनी सामुदायिक वनको उत्तरधारा र सोही वडाको बगालेगाउँमा निर्माणधीन नेपाली सेनाको

व्यावसायिक कृषि तथा पशुपालन तालीम केन्द्रमासमेत वृक्षरोपण गरेको थियो । सोही अवसरमा प्रधानसेनापति थापाले निर्माणधीन व्यावसायिक कृषि तथा पशुपालन तालीम

केन्द्रको निरीक्षणसमेत गरेका थिए । फलफूल जोनका रुपमा विकास गर्न नेपाली सेना र स्थानीयवासीले आज १५ हजार ७५० वटा विभिन्न प्रकारका बिरुवा रोपेको श्रीजंग गणका गणपति प्रमुख

सेनानी जयराम थापाले जानकारी दिए । उनका अनुसार नेपाली सेनाले नौ सार्वजनिक स्थान र चार सामुदायिक स्थानमा फलफूल तथा बहुउपयोगी बिरुवा रोपेको हो ।

नेपाली सेनाले १३ दशमलव ५५ किमी वर्गकिलोमिटर क्षेत्रमा २० प्रकारका विभिन्न फलफूल तथा बहुउपयोगी बिरुवा रोपेकामा सार्वजनिकतर्फ दुई हजार २२५, सामुदायिकतर्फ १० हजार ४३० र नेपाली सेनातर्फ तीन हजार ९५ बिरुवा रहेका छन् । सेनालाई स्थानीयवासी, सामुदाायिक वनका उपभोक्ता र सर्वसाधारण नागरिकले पनि उत्साहजनकरुपमा वृक्षरोपण अभियानमा साथ दिएका थिए ।

Leave a Reply

Top