You are here
Home > Featured > ‘सिंगल हुँदैमा मरिँदैन’ अभिनेत्री रीमा

‘सिंगल हुँदैमा मरिँदैन’ अभिनेत्री रीमा

अभिनेत्री रीमा विश्वकर्मा अभिनयभन्दा पनि कार्यक्रम उद्घोषणको कारणले चर्चामा छिन् । रियालटी शो ‘नेपाल आइडल’ र ‘कमेडी च्याम्पियन’ उनले उद्घोषण गर्दै आएकी छन् । उनले अभिनय

गरेका धेरै म्यूजिक भिडियोहरु निकै चर्चित पनि छन् । गायक सुनिल गरीको देउराली भञ्ज्याङ बोलको गीत लगायतका अन्य चर्चित गीतहरुमा समेत उनले अभिनय गरेकी छिन् । फिल्म र म्यूजिक भिडियोमा पनि काम गर्दै आएकी उनी अभिनित फिल्म ‘मिस्टर नेपाली’ केही पहिले रिलिज भएको थियो । तर उनले अभिनय भन्दा बढी चर्चा रियालटीशोबाट पाउने गरेकी छन् ।

अभिनय होस् वा रियाटली शो उनी जहाँ रहेपनि मिडिया तथा प्रशंसकको एउटा प्रश्न भने सधैँ तेर्सिने गर्दछ – विवाह कहिले गर्ने ? अहिले एक प्रशंसकले पनि उनलाई इन्सटाग्राममार्फत् यहि प्रश्न राखेका छन् ।

जसको जवाफमा उनले लेखेकी छन्, ‘सिंगल हुँदैमा मरिँदैन । हतारमा रिलेसनसिपमा बस्नु पनि ठीक हुँदैन । त्यसैले मैले यो फैसला समयलाई छाडेको छु ।’ उनको लेखाइले सिंगलमै खुसी रहेको बुझ्न सकिन्छ ।

‘स्वर’बाट अभिनयमा प्रवेश गरेकी रीमा अभिनित ‘हिजो आजका कुरा’ प्रदर्शनको तयारीमा छ । अभिनय करियरमा खासै राम्रो फिल्म दिन नसकेकी उनले २०७२ सालमा रोवर्ट विश्वकर्मासँग विवाह गरेकी थिइन् । तर, सो विवाह दुई बर्षभन्दा बढी टिक्न सकेन । त्यसपछि उनी सिंगल रहदै आएकी छन् । राताेपाटीबाट

Leave a Reply

Top