You are here
Home > Featured > प्रचण्ड–माधव सिङ फुक्लिएको तिल्के गोरू हुन् : प्रधानमन्त्री ओली

प्रचण्ड–माधव सिङ फुक्लिएको तिल्के गोरू हुन् : प्रधानमन्त्री ओली

काम चलाउ प्रधानमन्त्री केपी ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललाई सिङ फुक्लेको तिल्के गोरुको संज्ञा दिएका छन् । दाङ पुगेका ओलीले तिल्के गोरुको उदाहरण

सुनाउँदै अशान्ति मच्याउने यो समूहसँग क्षमता नभएको बताए । ‘एउटा तिल्के गोरु थियो । त्यो गोरुले अर्को गोरु देख्नै नहुने । झम्टी हाल्ने, सिंगौरी खेल्ने । भुइँ खोस्रिने, हुक्का गर्ने । अनि, त्यसको फ्वाँफूँ देखेर अरु डराउने’, ओलीले थपे, ‘एक दिन अलिक नटेर्ने खालको बहर गोरु परेछ । घड्याप्प जुधेको ।

बुढो तिल्के गोरुको सिङ भाँचिदियो ।  तिल्केलाई रिस त उठ्यो होला, सिङ भाँचिएकोमा । तर, जुध्न सकेन । प्रचण्ड र माधवप्रति लक्षित गर्दै ओलीले भने, ‘यी तिल्केहरु पनि त्यस्तै हुन् ।

यिनले फाँफुँ गर्दै गर्छन्, फुक्लिएको सिङ लिएर हिड्दै गर्छन् । तर, सिंङ फुक्लिसकेकाले अब ढाक नलगाए नलगाउन चेतावनी दिए । अशान्ति मच्याउने यिनसँग क्षमता पनि छैन ।

दम पनि छैन । यिनीहरुले केही पनि गर्न सक्दैन’, उनले टिप्पणी गरे । जनता सचेत भइसकेकाले धाकधक्कु नलगाउन, तिघ्रा नठटाउन र खुट्टा भ्याटभ्याट नगर्न चेतावनी दिए । त्यस्तो कसैले नटेर्ने समेत ओलीले भने ।

 

Leave a Reply

Top