You are here
Home > Featured > युटुबको नम्बर १ ट्रेन्डिङमा ‘छ माया छपक्कै’

युटुबको नम्बर १ ट्रेन्डिङमा ‘छ माया छपक्कै’

गतबर्षको दशैंमा रिलिज भएको चलचित्र ‘छ माया छपक्कै’लाई युटुबमा उत्कृष्ट प्रतिक्रिया मिलेको छ । हलमा बम्पर व्यापार गर्न सफल यो चलचित्रलाई ४ दिन अगाडि युटुबमा सार्वजनिक गरिएको हो ।

युटुबमा यो चलचित्रलाई करिब २३ लाखले हेरिसकेका छन् । नेपालको युटुब ट्रेन्डिङको पहिलो स्थान ओगटेको चलचित्रलाई दर्शकको उत्कृष्ट प्रतिक्रिया मिलेको छ । चलचित्र हेरेर प्रतिक्रिया दिने २२ सय भन्दा बढी दर्शकले

यसलाई उत्कृष्ट भनेका छन् । दीपकराज गिरी र उनको टिमले बनाएको आजसम्मकै उत्कृष्ट चलचित्र भनेर धेरै दर्शकले प्रतिक्रिया लेखेका छन् । देशको राजनीतिक अवस्था र ‘नो भोट’को अभियान छेडेको

यो चलचित्रले पाएको प्रतिक्रियाले निर्माता रोहित अधिकारी खुशी देखिए । उनले भने–‘हलमा पनि दर्शकले चलचित्रलाई अत्याधिक रुचाउनुभएको थियो ।  युटुबमा पनि सोही अनुसारको

माया पाएका छौ ।रोहितले चलचित्र ‘छ माया छपक्कै २’ पनि चाडै बन्ने बताए । यो चलचित्रमा दिपेन्द्र लामाको निर्देशन छ । चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्ट लगायतका कलाकारको मुख्य भूमिका छ ।

Leave a Reply

Top