You are here
Home > Featured > प्रधानमन्त्रीले सबै शक्ति आफू मातहत ल्याएर विरोधीलाई तर्साउने काम गर्नुभयो: नेता नेपाल

प्रधानमन्त्रीले सबै शक्ति आफू मातहत ल्याएर विरोधीलाई तर्साउने काम गर्नुभयो: नेता नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिस्ट पार्टी र आन्दोलन सिध्याउन खोजेको बताउनुभएको छ ।

सोमबार काठमाण्डौमा प्रतिनिधि सभा विघटनको विरोधमा आयोजित नागरिक भेलामा बोल्दै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।ओलीको कम्युनिस्ट आन्दोलनप्रति निष्ठा नभएको भन्दै ओलीले पार्टी सङ्गठनलाई भाताभुङ्ग पार्न चाहेको नेता नेपालले बताउनुभयो । प्रधानमन्त्री ओलीको गणतन्त्र, सङ्घीयता, समावेशिता र धर्मनिरपेक्षताप्रति कुनै अपनत्व नभएको उहाँको भनाइ छ । अध्यक्ष नेपालले सोमबार नै निर्वाचन आयोग पुगेर पार्टीको आधिकारिकता

आफूहरूलाई दिन आग्रह गरेको पनि बताउनुभयो । उहाँले बहुमत केन्द्रीय कमिटी सदस्य आफूतिर भएको र बहुमतले मात्रै पार्टीको विधान संशोधन गर्न सक्ने व्यवस्था भएकाले कुनै एक व्यक्तिको सुर र तालमा पार्टी नचलि

विधानसम्मत चल्ने जानकारी दिएको बताउनुभयो । अध्यक्ष नेपालले निर्वाचन आयोगलाई नेकपाको विधान र निर्वाचनसम्बन्धी कानुन हेरेर निर्णय गर्न आग्रह गरिएको पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले सबै

शक्ति आफू मातहतमा ल्याएर विरोधीलाई तर्साएको उहाँले जिकिर गर्नुभयो । प्रतिनिधि सभा विघटनको विरोधमा समाजका सबै तह र तप्का एकै ठाउँमा आएको पनि अध्यक्ष नेपालले बताउनुभयो । देशलाई लोकतन्त्र र स्थायित्वको बाटोमा लैजान सबै परिवर्तनकर्मी शक्तिबीच तालमेल गर्दै अघि बढ्नुपर्ने बेला आएको उहाँको भनाइ छ ।

Leave a Reply

Top