You are here
Home > Featured > कारको ठक्करबाट पाटेबाघको मृ’त्यु – हेर्नुहाेस्

कारको ठक्करबाट पाटेबाघको मृ’त्यु – हेर्नुहाेस्

बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ आधारभार जंगल क्षेत्रमा निजी कारको ठक्करबाट एउटा पाटे बाघको मृ’त्यु भएको छ ।

हेटौंडाबाट सर्लाही जाँदै गरेको बा १६ च ८११ नम्बरको कारले बाटो क्रस गर्दै गरेको वयस्क बाघलाई आज बिहान ७ः२० मा ठक्कर दिएको थियो । कारको ठक्करबाट १० वर्षको पूर्ण वयस्क पाटे बाघको राजमार्गमै मृ’त्यु भएको बारा प्रहरीले नाएको छ ।

कार चालक सर्लाहीका ५० वर्षीय अजय मिश्र र बाघलाई प्रहरीले राष्ट्रिय निकुञ्जको जिम्मा लगाएको छ । सहायक संरक्षण अधिकृत रमेश कुमार

यादवका  अनुसार मिश्रलाई हिरासतमा लिएर आवश्यक कारबाही अगाडि बढाइएको छ । पाटेबाघ नेपालको संरक्षित वन्यजन्तुमध्ये एक हो ।

Leave a Reply

Top