You are here
Home > मनोरञ्जन > गायिका रचना रिमाल र स्मारिका, विबाह र प्रेमबारे यसरी खुले पहिलो प्रेमबारे दुवैको अनुभव यस्तो छ

गायिका रचना रिमाल र स्मारिका, विबाह र प्रेमबारे यसरी खुले पहिलो प्रेमबारे दुवैको अनुभव यस्तो छ

रचना रिमाल पछिल्लो समयकी व्यस्त गायिका हुन् । उनी दिनहुँ दुइदेखि तीनटा गीत रेकर्ड गराइरहेकी हुन्छिन् । स्मारिका ढकाल र सामारिका ढकाल टिकटकमा झगडा

गरेका भिडियो र नृत्य हालेर चर्चामा आएका जुम्ल्याहा दिदीबिहिनी हुन् । पछिल्लो समय सामाजिक संजालमा खुब रुचाइएका यि तीनै कलाकार झापाका हुन् । रचना र स्मारिका–सामरिका सबैलाई अहिले अन्तर्वाता दिन भ्याइनभ्याइ छ । तर, हाम्रोकला टिभीले पहिलोपल्ट रचना र स्मारिकालाई विल्कुलै अनौपचारिक गफ गरेका बेला कैद गरेको छ । स्मारिकाले अन्तर्वाता लिएकी छिन् भने रचनाले आफ्नै शैलीमा जवाफ फर्काएकी छिन् । भिडियोमा हेर्नुस्,

यो पनि पढनुहोस् :  भूकम्पले क्षतिग्रस्त पशुपति क्षेत्रको जयवागेश्वरी मन्दिर पुनर्निर्माण गर्न साँखु र लुभुको माटो ल्याइने भएको छ । विसं २०७२ वैशाख १२ गतेको

विनाशकारी भूकम्पले क्षतिग्रस्त मन्दिर पुनर्निर्माणका लागि भत्काउने क्रममा मन्दिरभित्र भैरवलगायत विभिन्न देवीदेवताका चित्र, तीन गजुरको मन्दिरलगायत संरचना

भेटिएपछि पुरातत्वविद्, संस्कृतिविद्लगायत विज्ञको समिति गठन भएको थियो । समितिले माटोको जोडाइबाट मन्दिर पुनर्निर्माण गर्नुपर्ने सिफारिससहितको

प्रतिवेदन दिएको थियो । माटोको जोडाइबाट मन्दिर पुनर्निर्माण गर्नुपर्ने भएपछि पशुपति क्षेत्र विकास कोषले उपयुक्त माटो छनोट गर्ने क्रममा साँखु र लुभुको

माटो परीक्षण गर्दा उपयुक्त भेटिएको निर्देशक भरत मरासिनीले राससलाई जानकारी दिनुभयो । जोडाइका लागि माटोको टुङ्गो लागे पनि मन्दिरको तल नयाँ

काठ हाल्न खोजी भइरहेकाले पुनर्निर्माण केही ढिलाइ भएको छ । तल बढी भार पर्ने भएकाले नयाँ काठ राख्न लागिएको हो । सडकमा रहेको मन्दिर पुनर्निर्माणका

लागि चुना सुर्कीको लागत अनुमानसहित कोषले २०७५ साल माघमा तुलसी निर्माण कम्पनीसँग दुई वर्षमा पुनर्निर्माण सक्ने गरी सम्झौता गरेको थियो । सम्झौताअनुसा

र मन्दिर पुनर्निर्माणका लागि भत्काउने क्रममा तीन गजुरसहितको भित्री मन्दिर, भैरवसहित विभिन्न देवीदेवताका भित्तेचित्रलगायत संरचना भेटिएपछि

पुरातत्वविद्सहितको समूहले पुनः अध्ययन गरेको हो । पुरातत्व विभागका महानिर्देशक एवं विज्ञ समितिका सदस्य दामोदर गौतम ऐतिहासिक, पुरातात्विक

महत्वका मन्दिर पुरानै स्वरुपमा पहिले प्रयोग भएकै निर्माण सामग्री प्रयोग गरेर बनाउनुपर्ने कानूनी व्यवस्थाअनुसार कोषलाई सुझाव दिएको जानकारी दिनुभयो ।

माटो परीक्षण गरेर पहिलेकै जस्तो गुणस्तरीय माटोबाट मन्दिर बनाउनुपर्ने प्रतिवेदन दिएको उहाँले जानकारी दिनुभयो । माटोको जोडाइबाट पुनर्निर्माण

गर्दा भित्र भेटिएका चित्र फेरि राख्न सकिने विज्ञहरुको भनाइ छ । पुनर्निर्माणमा विज्ञ समितिले आवश्यक सल्लाह सुझाव दिइरहने जनाइएको छ ।

विज्ञ समितिको प्रतिवेदनअनुसार कोषले यसअघि माटोको जोडाइबाट बनाइएका मन्दिरको अध्ययन गरी साँखु र लुभुको माटो उपयुक्त ठह¥याएको हो ।

साँखुस्थित बज्रयोगिनी मन्दिरमा इँट्टाको बीचमा राखिएको माटोको परीक्षण भएको कोषका प्रशासकीय अधिकृत सीताराम रिसालले बताउनुभयो । इँटा जोड्न

उपयुक्त गुणस्तरीय माटोको खोजी गर्ने क्रममा साँखु र लुभुको माटो सही प्रमाणित भएको कोषले जनाएको छ । रु तीन करोड १४ लाखमा जयवागेश्वरी

मन्दिर पुनर्निर्माण भइरहेको छ । विश्व सम्पदा सूचीमा सूचीकृतस्थल भएकाले प्राचीन स्मारक संरक्षण ऐनअनुसार यहाँ पुनर्निर्माणको काम हुनेछ । यसका लागि

विभागबाट एकजना पुरातत्व अधिकृत जयवागेश्वरी खटाइएको छ । भूकम्पको एक महिना पनि नबित्दै कोषले २०७२ साल जेठ ४ गते एड्भेन्चर टुर एन्ड ट्राभलका

सञ्चालक कल्याण शर्मालाई पुनर्निर्माणको सैद्धान्तिक स्वीकृति दिएको थियो । शर्माले पुनर्निर्माणको काम शुरु गर्न नसकेपछि २०७४ सालमा सम्झौता रद्द गरियो ।

सम्झौता गरेका दाताले क्षतिग्रस्त मन्दिरको पुनर्निर्माण ३५ महिना बित्दा पनि नगरेपछि पशुपति कोषले सम्झौता रद्द गरेको हो । दाता शर्मा शुरुमा पुरातत्वले

नक्सा र ढाँचा स्वीकृत गर्न समय लगाएको, स्वीकृत भएर पुनर्निर्माण शुरु गर्दा स्थानीयवासीले अवरोध गरेकाले आफू पुनर्निर्माणबाट पछि हट्न बाध्य

भएको बताउनुहुुन्छ । जयवागेश्वरी माटोको जोडाइबाट बनाउँदा लागतमा कुनै फरक नपर्ने कोषले जनाएको छ । भत्काउने क्रममा नयाँ रहस्य फेला परेपछि

अध्ययन गर्न विज्ञ समूह बनाउँदा जयवागेश्वरी पुनर्निर्माण ढिलाइ भएको बताइएको छ । सती प्रथा रहुन्जेल राजा महाराजाको निधनमा सती जाने रानीहरुको

गरगहना सबै जयवागेश्वरीलाई चढाइने गरिन्थ्यो भन्ने भनाइ स्थानीयवासीबीच चर्चित छ । चढाइएको गरगहनालगायत सम्पत्तिको कुनै अभिलेख नरहेको पशुपति क्षेत्रका सम्पदाका बारेमा शोध गर्नुभएका कोषका पूर्वसदस्यसचिव एवं संस्कृतिविद् डा गोविन्द टन्डन बताउनुहुन्छ ।

Leave a Reply

Top