You are here
Home > अन्तर्राष्ट्रिय > २५ लाखको रातो गाउन लगाएर नायिका उर्वशी मरुभूमिमा यस्तो पोजमा देखिईन

२५ लाखको रातो गाउन लगाएर नायिका उर्वशी मरुभूमिमा यस्तो पोजमा देखिईन

एजेन्सी । बलिउड अभिनेत्री उर्वशी रौतेला छोटो अवधिमाचर्चित बनेकी छन् । उर्वशी आफ्नो स्टाइलले मान्छेको हृदयमा शासन गर्दछिन ।

भर्खर उर्वशी रौतेलाले एउटा प्रसिद्ध अरब पत्रिकाको साथ फोटो खिचेकी थिइन, जसमा उनी रातो गाउनमा साँच्चै सुन्दर देखिइन । उर्वशी पहिलो भारतीय अभिनेत्री हुन्, जसले यस अन्तर्राष्ट्रिय पत्रिकाको कभर पेजको फोटोशूट लिएकी छिन्। उनले यो फोटो शुटको क्रममा धेरै महँगो पोशाक लगाइन्। महँगो पोशाक २५ लाख मुल्यको हो । सामाजिक सन्जालमा तस्बिर शेयर गर्दै उर्वशीले लेखिन्,

‘सपनाहरु साकार हुन्छ, जब तपाईले ती श्रमहरू पूरा गर्न कडा मेहनत गर्नुहुन्छ । किनभने हाम्रो सपनाको ठूलो माग छ। हेर्नुहाेस् तस्वीरहरु

याे पनि पढ्नुहाेस् : पर्वत जिल्लाको सदरमुकाम कुश्माबजारसँगै रहेको प्रसिद्ध धार्मिक एवम् पर्यटकीयस्थल गुप्तेश्वर गुफामा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

साउन महिनाको पहिलो सोमबार त झनै यहाँ बिहानैदेखि दर्शन गर्न आउने भक्तजनको घुइँचो हुन्छ । अरु भगवान शिवका विशेष दिनमा झनै घुइचो हुने गर्दछ ।

नेपालकै लामो र भगवान् शिवलाई पति पाऊँ भनी पार्वतीले तपस्या गरेको स्थलका रूपमा परिचित उक्त गुफामा साउन महिनाको आरम्भसँगै

विशेष पूजामा हुने गर्दछ । उक्त गुफामा अन्य दिनभन्दा साउन महिनाको सोमबार दर्शनार्थीको अत्यधिक भीड लाग्ने गर्दछ । अरू दिन करिब ३०० को

सङ्ख्यामा पूजाआजा गर्न आए पनि सोमबार भने पाँच हजारभन्दा बढीले दर्शन गर्ने गरेको गुफाका पुजारी ख्यामराज आचार्यले जानकारी दिए ।

विसं १९९० मा स्थानीय रत्नबहादुर कार्कीले दाउरा–घाँस काट्न जाने बेलामा भालु लुक्ने दुलो भन्दै गुफा पत्ता लगाएका थिए । त्यसैका आधारमा स्थानीय विद्वान

र धार्मिक व्यक्तित्वले गुफाको अवलोकन गर्दै जाँदा पार्वतीले शिवजीलाई पति पाऊँ भनी तपस्या बसेको ठाउँ रहेछ भन्ने मान्यताअनुरुप अनुसन्धान गर्दै जाँदा

गुफा पत्ता लागेको स्थानीय सरोकारवाला बताउँछन् । गुफाभित्र भगवान् शिवको आकार तथा दशौँ पाउ, शिवका साथमा रुद्र भगवान्, महाकाली, महालक्ष्मी,

सरस्वतीका मूर्ति, शिवलिङ्ग, सरस्वती माताको रुप, शिव पञ्चाङ्ग, नागहरूको मूर्ति, पार्वती र शिवका रुप भएका मूर्ति, भगवान् रामका परिवार भएका मूर्ति

विभूति लगाउने मूर्ति, पाँच पाण्डवका मूर्तिलगायत ३३ कोटी भगवान्का आकृति भएका मूर्ति भएकाले यसलाई धार्मिक रूपमा निकै महत्वपूर्ण स्थलका रूपमा मानिँदै आएको छ ।

पोखरा–बागलुङ राजमार्गदेखि ५०० मिटर तल र पर्वत सदरमुकामको काखमा अवस्थित भए पनि उचित रूपमा प्रचारप्रसारकै अभावमा गुफामा बाह्य

पर्यटकलाई भित्र्याउन नसकिए पनि पछिल्लो समयमा आन्तरिक पर्यटकको भने आकर्षण बढ्दै गएको छ । गुफाभित्र रहेका मनमोहक देवीदेवताका आकर्षक

मूर्तिले दर्शनार्थी तथा पर्यटकको मन तान्ने गरेको छ । गुप्तेश्वर गुफा संरक्षण समितिका अध्यक्ष मानकुमारी गिरीका अनुसार पर्वतलगायत आसपासका जिल्लाका

भक्तजन आउने गरे पनि यसको महत्वका हिसाबले जति मात्रामा यहाँ आउनुपर्ने हो त्यति मात्रामा दर्शनार्थी आउन सकेका छैनन् । गत वर्षदेखि गुफाको पुनः

निर्माण तथा भौतिक पूर्वाधार निर्माणको कामसमेत धमाधम भइरहेकाले दर्शन गर्न आउने दर्शनार्थीलाई पनि सहज भएको अध्यक्ष गिरीले जानकारी दिए ।

त्यस्तै, बालाचतुदर्शनी, महाशिवरात्रि, हरिबोधनी एकादशी, हरिशयनी एकादशी, माघे सङ्क्रान्ति लगायतका चाडपर्वमा विशेष मेला लाग्ने गर्दछ ।

यो पनि पढ्नुहोस् स् प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि सांसदहरूको बिचल्ली भएको छ । पाँच वर्षसम्म राम्रैसँग काठमाडौंमा बसौँला भनेर आएका

सांसदहरूको तीन वर्षभित्रै ओलीले बिचल्ली बनाइदिएका छन् । करिब ३० प्रतिशत सांसदहरू फल्याट छाडेर एउटा कोठा खोज्दै हिँडेका छन् । उनीहरूले

फल्याट धमाधम छाड्न थालेका हुन् । नेकपाकी एकजना सांसदले भनिन्, ‘संसद सचिवालयबाट तलव, भत्ता आउँथ्यो र पो २५ हजारसम्म तिरेर फल्याटमा

बसेका थियौँ । संसद विघटन भयो । घर भाडा तिर्न सकिँदैन । एउटा कोठा खोजी रहेको छु ।’ धेरै सांसदहरूको अवस्था यस्तै छ । संसद सचिवालयले

कात्तिक महिनामा जम्मा १३ हजार मात्रै खातामा पैसा हालिदिएको नेकपाकी ती सांसदले भनेकी छिन् । ‘कात्तिक महिनाको जम्मा १३ हजार मात्रै

खातामा पैसा आएको छ’, उनले भनिन्, ‘तलव भत्ता किन काटिएको हो, केही भनिएको छैन ।’ कोभिड–१९ को उपचार कोषका लागि हो कि भन्ने

जिज्ञासामा ती सांसदले भनिन्, ‘कोरोनाको लागि सांसदहरूको तलव पहिला नै काटिएको थियो । यस पटक किन काटियो थाहा भएन ।’ नेकपाकी ती

सांसद २५ हजार भाडा तिरेर बस्दै आएकी थिइन् । जिल्लाबाट आउने कार्यकर्ताहरूलाई राख्नका लागि पनि उनले फल्याट भाडामा लिएर बसेकी थिइन् ।

आय स्रोत नभएपछि फल्याट छाडेर कोठामा बस्ने सुरसार उनको छ । हुने खाने सांसदहरूलाई समस्या छैन । तर, कुनै पेशा व्यवसाय नभएका सांसदहरूलाई घर

भाडाले नै समस्या बनाएको छ । नेपाली कांग्रेसकी अर्की सांसदले पनि १८ हजार तिरेर बसेको फल्याटलाई छाड्ने तयारी गरेकी छिन् । उनले ६–७ हजार पर्ने कोठा

खोज्न शुरु गरेकी छिन् । ‘संसद हुँदा तलव भत्ता आउँथ्यो’, उनले भनिन्, ‘अब समस्या हुने भयो । एउटा कोठा खोजी गरिरहेको छु ।’ उनले संसद ब्युतियो भने सहज

हुने बताएकी छिन् । एक महिनाभित्र संसद ब्युतियो भने राम्रो हुने उनको भनाइ छ । तर, संसद ब्युतिन्छ वा ब्युतिदैन केही भन्ने अवस्था छैन ।यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ ।

यो पनि पढ्नुहोस् स् छेपारो तपाईं हामीले देखेका छौं । यो थरिथरि रंगको हुन्छ । चारवटा खुट्टा र एउटा लामो पुच्छर हुने यो जीव ३–४ इन्च लामो हुन्छ ।

प्रायः गरेर यसले घाम तापेर बसेको बेला हामी देख्ने गर्छौं । यसले स–साना कीरा फट्यांग्रा खाने गर्छ । छेपारोको कुरा गर्दा तपाईं हामीले माथिको कुरा सम्झने गर्छौं ।

तर संसारमा हामीले देख्ने गरेको छेपारो भन्दा पनि निक्कै ठूला ठूला छेपाराहरु पनि हुन्छन् । त्यस्ता छेपाराहरुमध्ये पनि सबैभन्दा ठूलो छेपारा चाहिँ कोमोडो

ड्रयागन नाम गरेको छेपारो हो । यो छेपारो इण्डोनेशियाका ६ वटा स–साना टापुहरुमा पाइन्छन् । तीमध्ये सबैभन्दा ठूलो टापू चाहिँ कोमोडो हो ।

यो सन् १९१२ मा पत्ता लागेको थियो । कोमाडो ड्रयागन ३।७ मिटरसम्म ठूलो हुन्छ । यसको तौल चाहिँ १४० किलोसम्म हुन्छ । यसको जिब्रो हामीले

प्रयोग गर्ने काँटाचम्चाजस्तो बीचमा चिरिएको हुन्छ । यसले अरु जीवहरुको गन्ध थाहा पाउन सर्पले जस्तै आफ्नो जिब्रो भित्र बाहिर गरेर चलाइरहेको हुन्छ ।

तीस्खो नंस्ग्रा र दाँत अनि बलियो हुने कोमोडोले आफ्नो शिस्कास्रलाई सजिलै चिरिदिन सक्छ । यसको शरीर कडा कत्ला भएको छालाले ढाकिएको हुन्छ । कोमोडो मास्सु खाने जीव हो । यसले सिनो पनि खान्छ, नयाँ शिस्कास्र समातेर पनि खान्छ । बच्चा कोमोडो ड्रयागनले स–साना छेपारो, कीरा, चरा र सर्पहरु सस्मास्तेर खास्न्छ ।

Leave a Reply

Top