You are here
Home > Featured > ओलीको कदमपछि सात जना मन्त्रीले दिए सामूहिक राजीनामा : क-कसले दिए राजिनामा ?

ओलीको कदमपछि सात जना मन्त्रीले दिए सामूहिक राजीनामा : क-कसले दिए राजिनामा ?

संसद् विघटन गर्ने प्रधानमन्त्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् । सिंहदरबारभित्रको कृषि समितिको

हलमा कार्यक्रम गरेर उनीहरूले राजीनामा दिएका हुन् । प्रधानमन्त्रीको कदमप्रति असन्तुष्टि जनाउँदै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणि पोख्रेल, वनमन्त्री शक्ति बस्नेत, संस्कृति पर्यटन तथा नागरिकमन्त्री योगेश भट्टराई, खानेपानी तथा सरसफाइ मन्त्री विना मगर, श्रममन्त्री रामेश्वर राय र कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले राजीनामा दिएका हुन् ।

आइतबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रधानमन्त्री ‌ओलीले संसद् विघटनको सिफारिस गर्नुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्नुभएको हो ।

अभिनेत्री तथा मोडल एलिजा गौतमले नयाँ अभियान सुरू गर्ने बताएकी छन्। उनले देशका प्रत्येक जिल्लाका विकट गाउँमा १०र१० घर बनाइदिने बताएकी हुन् ।

बेलाबेलामा सामाजिक सेवामा लागेकी उनले यस पटक भने केही ठूलो र दिगो काम गर्ने योजनासँगै उक्त निर्णय लिएको बताइन् ।

‘गर्ने नै भएपछि दिगो काम गरौं भन्ने भयो। त्यसैले यो निर्णय लिएँ’ एलिजाले भनिन् । उनले यी घर गरिब, असहाय र विपन्नहरूका लागि बनाउने भएकी हुन्।

७७ वटै जिल्लाका गाउँरठाउँ रोज्दा त्यहाँका प्रतिनिधिसँग छलफल गरेरै क९कसलाई घर बनाइदिने भन्ने तय हुने उनले जानकारी दिइन् ।

एलिजाले यो कामको सुरू चैत ११ गतेदेखि गर्दैछिन् जुन दिन उनको जन्मदिन समेत हो । तत्काल धादिङको एक विकट गाउँबाट यो अभियान सुरू गर्ने एलिजाले बताइन् ।

यसमा उनलाई अन्य व्यक्तिले पनि सहयोग गर्ने उनले जानकारी गराइन् । ‘यो एक्लैले गर्न सक्ने काम होइन। त्यसैले टोली विस्तार हुँदैछ,’ उनले भनिन् ।

लकडाउन यता एलिजा म्युजिक भिडि‌ओमा सक्रिय देखिन्छिन्। उनको अभिनय तथा प्रस्तुति रहेको ‘हे माया’, ‘आँटो पिठो’, ‘आधी कपाल’ जस्ता

म्युजिक भिडिओ लकडाउन पछि नै सार्वजनिक भएका हुन्। सत्यराज चौलागाईंद्वारा निर्देशित फिल्म ‘अनुराग’मा अभिनयसँगै एलिजाले नेपाली कला क्षेत्रमा प्रवेश गरेकी हुन्।

उनले सामाजिक संजाल फेसबुकमा लेखेकी छन् स् आदरणीय देश तथा विदेशमा बस्नु हुने नेपाली महानु भावहरु सबैमा मेरो सादर नमस्कार ,

सामाजिक कार्य गर्ने उद्देश्यले स्थापित एलिजा फाउण्डेशनले छिट्टै धादिङ सहित देशका ७७ वटै जिल्लाका विभिन्न दु’र्गम तथा विकट भागमा गरिब,

अ’सहायहरुको लागि प्रत्येक जिल्लामा दशरदश वटा घरहरु निर्माण गर्ने कुरा जानकारी गराउन चाहन्छु । यस पवित्र कार्यमा सबैको साथ,

सहयोग र हौसला प्राप्त हुनेछ भन्ने विश्वास लिएका छौं । फाउण्डेशनले अहिले पनि विभिन्न सामाजिक कार्य गर्दै आएको कुरा यहाँहरुलाई सर्वविदितै छ ।

आउनुहोस “हातमा हात र काँधमा काँध मिलाएर” यस सामाजिक कार्यको लागि सहकार्य गरौं । “अहिले नगरे कहिले गर्ने रु र हामीले नगरे कसले गर्ने रु” भन्ने कुरा लाई ध्यानमा राखेर हामी यो महान कार्यको लागि तयार भएका छौं । यो घोषणासँगै हामी पहिलो चरणको कार्य धादिङबाट सुरु गर्ने जानकारी गराउँछौं ।

Leave a Reply

Top